Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
मसुरिया
२०७८ माघ ०४ गते मङ्गलबार

आफ्नो सुरक्षा आफै गर्न किशोरीलाई गौरीगंगामा आत्मरक्षा कार्यक्रम

घनश्याम पाैडेल-
कैलाली, गौरीगंगामा किशोर किशोरीलाई आत्मरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा नं ९ को वडा कार्यालयको आयोजनामा दुई दिने कार्यक्रम गरिएको हो । 
वडाका विभिन्न विद्यालयहरुमा अध्ययनरत ४० जना किशोरीहरुलाई  सक्षम छोरी तथा आत्मरक्षाको प्रशिक्षण गरिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् ।  सबै किशोरीलाई समयमै आफ्नो सुरक्षा आफै गर्न सिकाए हाम्रा घर परिवार समाज र समुदायमा हुने हिंसात्मक घटना न्युनिकरण हुदै जाने विश्वासका साथ यो कार्यक्रम गरिएको अध्यक्ष तिवारीले बताएका थिए ।  
वर्तमान समयमा छोरीहरु पलपल हिंसात्मक घट्नामा परेका समाचार आईरहेको अवस्थामा विद्यालय उमेर समुह यसको उच्च जोखिममा रहेकोले वडाका किशोरीलाई सम्भावित घटनाहरुलाई रोक्न र हुन नदिने उपायको रूपमा "आफ्नो सुरक्षा आफै" गर्न सक्षम बनाउन कार्यक्रम गरिएको वडा सचिव रेखा भण्डारीले जानकारी दिईन् । दुई दिने कार्यक्रममा सक्षम छोरी तथा आत्मरक्षा अभियान्ता  खेमा खाती, मोनिका ओड र शारदा जोशीले अभिमुखीकरण गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>