Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ३० गते आइतबार

प्याब्सन भिमदत्त नगर समिति जाेशी नेतृत्वमा

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) भीमदत्त नगर अध्यक्षमा उपेन्द्र प्रसाद जोशी चयन भएका छन् । प्याब्सन भीमदत्त नगर समितिको आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।
नगर समितिको उपाध्यक्षमा महादेब विष्ट, सचिव हरिश सिह ठगुन्ना र कोषाध्यक्षमा राजेन्द्र सिह विष्ट चयन भएका छन् । समितिमा दानी विष्ट, हर्क बहादुर जाग्री र दुर्गादत्त पाण्डेय सदस्य भएका छन् ।
नगर समिति निर्विरोध निर्वाचित गरिएको छ । नव निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन समितिले पद तथा गोपनियताको शपथ खुवाएको छ ।
प्याब्सन भीमदत्त नगर समितिका निवर्तमान अध्यक्ष गौरीशंकर भट्टको अध्यक्षतामा गरिएको उद्घाटनमा सत्रमा प्याब्सन केन्द्रीय उपाध्यक्ष एबम् सुदूरपश्चिम इन्चार्ज सुरेन्द्रराज ओझा प्रमुख अतिथि थिए । कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, प्याब्सन सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष केशवराज भट्ट, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट लगायत विशिष्ठ अतिथि थिए ।
नगर समिति कार्यकाल तीन वर्षको हुनेछ । प्याब्सन कञ्चनपुरको वार्षिक कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा पालिका समिति अधिवेशन गर्ने कार्यक्रम अनुसार भीमदत्तमा अधिवेशन गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>