Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०१ गते सोमबार

त्रीबिमा मेरिटाेक्रेसि मिचेर दलीय डिन नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबपछि त्रिभुवन विश्वविद्यालयमा एकैसाथ आठ डीन नियुक्त भएका छन् । 
शनिबार बसेको त्रिवि कार्यकारी परिषद्‌को बैठकले आठ डीन र तीन निर्देशक नियुक्त गरेको हो । त्रिविका रेक्टर खड्ग केसीका अनुसार शिक्षाशास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहोनराज शर्मा डीन नियुक्त भएका छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इञ्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्य नियुक्त भएका छन् ।

त्यसैगरी शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा
डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यावहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मिना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले 'मेरिटोक्रेसी' को विरोध गर्दै उपकुलपति प्रा.डा. केशरजंग बरालको विरोध गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो । कतिसम्म भने एमालेनिकट प्राध्यापकको भागबण्डा नमिल्दासमेत यो प्रक्रिया रोकिएको थियो । उपकुलपति प्रा.डा. बराल मेरिटोक्रेसीकै आधारमा डीन र निर्देशक नियुक्ति प्रक्रियामा लागेपछि प्रधानमन्त्री ओलीले हस्तक्षेप थालेका थिए । उक्त विषयमा ओलीको आलोचना बढेपछि एमाले महासचिव शंकर पोखरेल सतहमै उत्रेर मेरिटोक्रेसीको विरोध गरेका थिए ।

अघिल्लो आइतबार महासचिव पोखरेलले मेरिटोक्रेसी भन्दै कांग्रेस र माओवादीबाट मात्र डीन नियुक्त गर्न लागेको आरोप उपकुलपति बरालमाथि लगाएका थिए ।
▶▶ प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले मेरिटोक्रेसीको विरोध गर्दै उपकुलपति प्रा.डा. केशरजंग बरालको विरोध गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो

▶▶ त्रिविले छनोट समितिले सिफारिस गरेका तीनमध्ये पहिलो नम्बरमा रहेकालाई नियुक्ति गर्न लाग्दा एमालेको कोही पनि नपर्ने भएपछि यो प्रक्रिया अवरूद्ध भएको थियो
▶▶ एमाले महासचिव शंकर पोखरेल यस विषयमा सतहमै उत्रेर मेरिटोक्रेसीको विरोध गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको बैठकमा आफूनिकट कर्मचारी संगठनका नेता र विद्यार्थी नेता उचालेर त्रिविका उपकुलपति प्रा.डा. बरालको विरोध गर्न लगाएका थिए

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>