Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०१ गते सोमबार

बहुमत विद्यार्थी अध्यक्षमा शाह चयन

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा प्रभावशाली विद्यार्थी नेता बिरेन्द्र शाह चयन भएका छन । पोखरामा सम्पन्न भएको अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा शाह चयन भएका हुन । 
अखिल क्रान्तिकारी सुप प्रदेशका ईन्चाज सुरेन्द्र धानुकले सहमतीय आधारमा ७५ सदस्यीय केन्द्रीय पदाधिकारी सहितका सदस्य चयन गरिएको बताए । उनका अनुसार उपाध्यक्षद्वय रुपाबुढा मगर, डिबी बुढाथोकी, सचिवहरु गोबिन्द विष्ट, प्रेम प्रशान्त बोहरा, हरि विष्ट, डिबी शाही, रमेश सुनार र कोषाध्यक्षमा कमला परिवार रहेका छन । 
अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा चयन भएका विद्यार्थी नेता बिरेन्द्र शाह सुदूरपश्चिमकै स्थानीय हुन । विद्यार्थी नेता शाहले सुदूरमा हुँदा पनि विद्यार्थीको हकहितका साथै शैक्षिक विकृती बिरुद्धमा शसक्त रुपमा संघर्ष आन्दोलनको नेतृत्व गर्दै आएका थिए । उनले अहिले पनि आफुले पाएको जिम्मेबारी अनुरुप विद्यार्थीको हकहितका साथै शैक्षिक विकृती बिरुद्धमा संघर्ष गर्दै नेपालको शैक्षिक क्षेत्र सुधारमा प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बहुमतका महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले शैक्षिक सुधारका लागि क्रान्तिकारी विद्यार्थीले नै अग्रमोर्चा सम्हाल्नुपर्नेमा जोडदिएका छन । अखिल क्रान्तिकारीको २३औँ सम्मेलनबाट देशभरबाट सहभागिता रहेको अखिल क्रान्तिकारीले जनाएकोछ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>