Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०२ गते मङ्गलबार

रबि लामिछानेकाे मुद्दा पुग्याे सरकारि वकिल कार्यालय, यस्ताे छ प्रहरि अनुसन्धान प्रतिवेदनमा राय
फायल तस्बिर

सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइयो
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही माग
प्रतिवेदन अध्ययनपछि अभियोजनसहित मुद्दा दर्ता हुने
देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको निष्कर्ष
५१ जनालाई प्रतिवादी बनाउनुपर्ने माग
१ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी
५ पुसभित्र जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरिने
लामिछानेका प्रत्येक मुद्दामा थप सजाय माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सहकारी ठगीसहितका मुद्दा अब अदालत पुग्ने भएका छन् । कास्की प्रहरीले लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा सोमवार बुझाए‌को छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध अनु‌सन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।

सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात् जिल्ला अदालत कास्कीमा दर्ता हुने छ। लामिछानेविरुद्ध सहकारी ठगी, सगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही माग दाबी गर्दै प्रतिवेदन बुझाइएको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न थपिएको म्याद सकिनुअघि नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो। काठमाडौबाट २ कात्तिकमा पक्राउ परेर कास्कीको पोखरा लगिएका लामिछाने कन्डै ६० दिनदेखि प्रहरी हिरासतमा छन् । लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद सोमबार नै सकिएको छ।

'लामिछानेमाथी अनुसन्धान गरी तयारी पारिएको प्रतिवेदन आज सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएका छौं', जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त शर्माले भने। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। उनीमाथि सोही अभियोगमा अनुसन्धान गरी प्रहरीले पुस १ मा अनुसन्धान  प्रतिवेदन प्रहरिमा बुझाएको छ ।
उक्त प्रतिवेदन अध्ययन गरि शुक्रवार सम्म अदालतमा पेश गर्ने तयारि रहेकाे सरकारि वकिल कार्यालय कास्किकि प्रवक्ता कमला काफ्लेले बताएकि छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>