Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
२०७८ माघ ०५ गते बुधबार

पुस ठिकै माघमा चिसाे बढ्दै

मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो ।
पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ । शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा काम विशेषले बाहिर गई आर्थिक जोहो गरेर आफू र परिवारको खर्च जोहो गर्ने सर्वसाधारण निकै मारमा परेका छन् ।
स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक, चौराहामा आगो बाल्ने र विपन्नलाई न्यानो कपडा वितरण गर्ने कार्य पुस महिनामा बढी नै गरेका थिए । तर, पुसमा भन्दा अहिले चिसो र शीतलहर बढी नै भएको र जसका कारण विपन्न र गरिब परिवारले निकै सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।
चिसोको कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>