Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०४ गते बिहिबार

बेलाैरि रामलिलाकाे आय ब्यय सार्वजनिक, ५ लाख बढि नाफा

बेलौरीमा सम्पन्न भएको रामलीला मञ्चन कार्यक्रमको आय–व्यय बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।
बेलौरी सांस्कृतिक एवं रामलीला समितिका अध्यक्ष दिनेश बहादुर कुँवरको सभाध्यक्षता,रामलीला मञ्चनका कार्यक्रमका सल्लाहकार समिति सदस्य बलदेव सिंह बुडाल,कर सिंह नगारी लगायत समितिका पदाधिकारीको उपस्थितिमा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष महेन्द्र सिंह बुडालले प्रस्तुत गरेका हुन् ।
बेलौरीको खुला मञ्चमा कार्तिक २० गतेदेखि मंसिर २ गतेसम्म आयोजना गरिएको कार्यक्रमबाट आम्दानीतर्फ १२ लाख ४८ हजार ४ सय‌ १६ रुपैयाँ र खर्चतर्फ ७ लाख ४२ हजार ८ सय ३१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।जम्मा बचत ५ लाख १५ हजार ५ सय ८५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
जसमध्ये प्रतिवेदनमा आय तर्फको शीर्षकमा बेलौरी नगरपालिकाको अनुदान सहयोग रु ४ लाख ८३ हजार ५ सय २२रूपैयाँ,भक्तजनको दान सहयोग रु ५ लाख ५ सय ५४ रूपैयाँ, पुनर्वास नगरपालिका बेलडाँडी र लालझाडी गाउँपालिकाबाट सहयोग रु ५३ हजार ४ सय ३० रुपैयाँ, वित्तीय संस्थाहरूको दान सहयोग रु १ लाख ४६ हजार ६ सय रुपैयाँ, बेलौरी नगरपालिका वडा नम्बर ४,५,६,७,८ र ९ को अनुदान सहयोग रकम रु ४४ हजार ३सय २५ रुपैयाँ, आरती र अन्य आम्दानी वाफत रु १५ हजार ९ सय ५० रूपैयाँ, केही पात्रहरूले आफ्नो पुरस्कार समितिलाई दान रु १४ हजार हजार ३५ रूपैयाँ त्यस्तै व्यायतर्फको शिर्षकमा हार्मोनियम मास्टर,तबलावादक,श्रृंगारवस्त्र सजावटकर्ताको पारिश्रमिक र व्यवस्थापन खर्च रु १ लाख ९८ हजार ५ सय, टेन्ट र साउन्ड सिस्टम खर्च रु २ लाख ५५ हजार, प्रमाणपत्र,फ्रेम,कदर पत्र,ब्यानर,ब्याज र रामनामी खर्च रु ८९ हजार ६ सय, हार्मोनियम खरिद(हार्मोनियम तबला मर्मत खर्च) रु २९ हजार ५ सय, कञ्चनपुर रामलीला समितिले वस्त्र र अन्य सामग्री उपलब्ध गराएबापतको सहयोग खर्च रु २० हजार, इन्धन तथा यातायात खर्च रु २९ हजार ८ सय ४० रुपैयाँ, चियानास्ता र पानी खर्च रु ३० हजार ७ सय ६१ रुपैयाँ, गणेश पूजा,अशोक बाटिका,रावण दहन र समापन पूजा खर्च रु १९ हजार ७ सय ८० रुपैयाँ, अतिथि सत्कार एवं विविध खर्च रु २० हजार ५ सय रुपैयाँ, विद्युत जडान,महसुल,स्टेज र पर्दा निर्माण र विद्युत सामग्री खरिद खर्च रु ३२ हजार २ सय ९० रुपैयाँ,नल्का,मोटर मर्मत र उपचार खर्च रु १० हजार २ सय ६० रुपैयाँ, विद्यार्थी पात्रहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार रु ६ हजार ८ सय रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा मौज्दात रकम रु ५ लाख १५ हजार ५ सय रुपैयाँ रहेको समितिका कोषाध्यक्ष बुडालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बेलौरी सांस्कृतिक एवं रामलीला समितिका अध्यक्ष कुँवरले रामलिला मञ्चन कार्यक्रम सफल गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै रामलिला मञ्चन कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए ।
अध्यक्ष कुँवरका अनुसार कार्यक्रमबाट बचत रहेको केही पैसाबाट रामलीला कार्यक्रमका लागि चाहिने आवश्यक सामग्री खरिद गरिने समेत बताए । कार्यक्रमको सञ्चालन बेलौरी सांस्कृतिक एवं रामलीला समितिका सचिव रामेश्वर न्यौपानेले गरे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>