Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०८ गते सोमबार

नक्कली बुवा बनेर सह चालक संग निजामति कर्मचारि महिलाकाे विवाह गराउने बुवा पक्राउ

कञ्चनपुरमा अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए।
ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए। ऐरले पेशाले इन्जिनियर र अमेरिकाको भिसा लागिसकेको भन्दै ठगेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गरेका डडेल्धुराकै भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीका नक्कली बुवा बनेर कुरा गरेका थिए।
नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गर्दै बहुविवाह गराउन भूमिका खेलेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
मालीले कञ्चनपुरकै ३१ वर्षीया युवतीलाई सामाजिक सञ्जालबाट प्रेममा पारेर पेशाले इन्जिनियर बताउँदै अमेरिकाको भिसा समेत लागिसकेको भनेर ढाटेर २२ मंसिरमा विवाह गरेका थिए। तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो भने यसअघि नै विवाह गरेको पाइएको थियो।
कञ्चनपुर प्रहरीले उनलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ। धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>