भिमदत्त नगरपालिका कंचनपुर जिल्लाकै मुटु बनेर बसेकाे छ । याे नगर देशकै पुराना नगरमध्येकाे एक हाे । यहाँ संरचनाहरु तयार छन । सरसफाई र सुरक्षाकाे प्रवन्ध छ तर नगरकाे मुख्य भागमा रहेकाे मन्चभित्र वेशरम भनिने घास, बयरकाे काडाघारि रहेकाे छ । यत्तिमात्र हाेईन यी ठाउँमा विभिन्न सुई, सुईका निडिल र औषधीका सिसि, रक्सिका खालि सिसि भेटिन्छन ।
यी सबै कुरा सफा गर्न नगर अगाडि सरेन, झाडि रहिराखे सुई लगाउनेले पनि सुई लगाइरहे । स्थानिय सरकार जिम्मेवार बनेर सरसफाई लगायतका काम नगरेपछी स्थानिय युवा थानेश्वर लेखक अगाडि सरे उनले हप्ता दिन बाट त्यहाँ सरसफाइ गरिरहेका छन ।
लेखकले यत्तिमात्र हाेईन त्यहाँ रहेकाे शाैचालय समेत सफागरिदिने तर सफाईका लागि आवश्य्यक सामाग्रि अभाव रहेकाे बिषय सामाजिक संजालमा राखेका छन । अझै सम्म नगरपालिका अगाडि सरेकाे छैन तर थप दुई युवाले लेखककाे साथ दिदै सफाई अभियानमा जाेडिएका छन ।
पछिल्लो समयमा समाजमा भैरहेका भ्रष्ट वेतिथिहरुको विरुद्ध खुलेर विरोध जनाउदै गरेका लेखकले यहि मंसिर १६ गतेको उपनिर्वाचनमा भीमदत्त वडा न–०६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लेखकले राजनितिक दलहरुको बिच प्रतिस्पर्धामा उत्रिए पछि पराजय बेहोर्नु परे पनि सोचेको भन्दा बढि मत पाएको बताएका छन
सानै भएपनि राष्ट्र निर्माणमा अहम भुमिका निर्वाह गर्न सबै युवाहरुले एकजुट हुनुपर्छ भन्ने हेतुले आफु समाजिक कार्यमा अग्रसर भएको लेखकले बताउनु भयोे ।राजनितिक भागबन्डामा रमाएका भ्रष्ट नेताहरुले देशलाई संकटमा पारी सकेको तर्क दिदै युवा शक्ति संगै समाजिक दायित्व निर्वाह गर्न सदैव अग्रसर भएर निरन्तर लाग्ने समाजिक अभियान्ता लेखकको भनाई रहेको छ ।
सरसफाइकाे दायित्व बाेकेकाे नगरपालिकाले दायित्व बाट पन्छिरहदा स्थानिय युवाले नगरका लागि गरेकाे सत्कर्मकाे लागि सम्मान गर्न सक्दछ ?
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया