Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
भावना बडू
२०८१ पुष ११ गते बुधबार

प्रदेश राजधानीमा बाेक्सि आराेपमा महिलालाई मरणासन्न हुनेगरि कुटपिट

धनगढीस्थित नवजीवन अस्पतालको शय्यामा सात दिन देखि छटपटाइरहेकी ममता (नाम परिवर्तित) विरामि परेर थलिएकी भने होइनन् । श्रीमान् पनि घरमा नभएका बेला बेसहारा अवस्थामा रहेकी उनीमाथि त अन्धविश्वास र रुढीवादी परम्परामा जकडिएको समाजले बोक्सीको आरोप लगाउँदै मरणासन्न हुने गरि कुटपिट गरेको छ । 
कैलालीको भजनी नगरपालिका घर भएकी उनलाई गाउँलेहरुले बोक्सीको आरोप लगाउँदै सामूहिक कुटपिट गरेपछि सिकिस्त भएर अस्पताल भर्ना भएकी छिन् । उनलाई पिठ्युु र तिघ्रामा लाठीले हिर्काइयो, कपालको रौं समातेर लछार्दै लछारपछार गरियो । पुरुष र महिलाहरु मिलेर लात्तैलात्ताले छातीमा बजारे । उनीमाथि सामूहिक कुटपिट हुँदा जोगाउने कोही भएनन्, बरु रमिते बन्नेहरु धेरै भए । 
एकपटक मात्रै होइन, दुुई पटक उनीमाथि बेस्सरी कुटपिट गरियो । पुस १ गते पहिलोपटक गाउँलेहरुले घरमै आएर कुटेका थिए । ४ गते दोस्रो पटक कुटपिट गरियो । पहिलो पटकको कुटपिटपछि पीडितले इलाका प्रहरी कार्यालय कैलालीमा उजुरी पनि दिएकी थिइन् । तर प्रहरीले लापरवाही गर्‍यो । घटनाको गम्भिरताप्रति वेवास्ता गर्‍यो ।
प्रहरीले आवश्यक सतर्कता नअपनाउँदा दोस्रो पटक उनीमाथि झन् धेरै कुटपिट गरियो । ‘प्रहरी प्रशासनमा सब हामीले भनेको चल्छ, तलाई बचाउने कोही पनि छैन भन्दै धम्काइरहेका थिए,’ उनले भनिन् । त्यही भएर उनीमाथि पहिलो पटकभन्दा झन धेरै पीडा र मरणासन्न हुने गरि दोस्रो पटक कुटपिट भयो । ‘तर बाँच्नु लेखेको रैछ, फरुवाले टाउकामा हान्न खोज्दै थिए, ठिक्क मेरो श्रीमान आएर फरुवा खोस्नुु भयो । म बाँचे,’ उनले भनिन् ।
किन लगाइयो बोक्सीको आरोप ? 
भजनका मनोज चौधरीलाई गुुरुवा आयो भनेर सबै नातेदारहरुले एक हजार बुुझाउनुु पर्ने र गुुरुवाको घरमा उपस्थित हुनुुपर्ने उर्दी जारि भयो । ज्याला मजदुरी गरेर छाक टार्दै आएकी ती महिलाको घरमा एक सुको थिएन । श्रीमान केही दिनअघि ज्याला मजदुरीका लागि भारतको पुुना गएका थिए । केही उपाय नभएपछि उनले माइतीबाट मागेर एक हजार रुपैयाँ गुुरुवाको घरमा बुुझाइन् । 
तर उनी गइनन् । उनी नगएको निहुँमा गुुरुवा परिवार र नातागोताले उनीमाथि रिसबी साँधे । बोक्सीको आरोप लगाए । कुटपिट गरे । सबै गाउँलेहरु एकातिर, उनी अबला झै एक्ली परिन् । उनलाई कुटपिटबाट बचाउने कोही भएन । कुटपिट गर्दै उनको शरिरमा पानी खन्याउन थाले । तर त्यो अवस्था सबै गाउँलेहरुका लागि रमिते जस्तै बनिरह्यो । भलमन्सा रमिते बने, दाजुुभाई रमिते बने, नातागोता रमिते बने ।   
उनी बेहोस भइन् । श्रीमानले भजनी प्राथमिक स्वास्थ्य चौकी लिए । तर त्यहाँका स्वास्थ्यकर्मीले उपचार हुन नसक्ने भन्दै राम्रो अस्पतालमा लैजान रेफर गरे । त्यसपछि उनलाई धनगढीस्थित नवजीवन अस्पतालमा ल्याइयो । नवजीवन अस्पतालमा उनलाई ६ दिनसम्म आइसियुुमा राखेर उपचार गर्नु पर्यो । अहिले उनलाई वार्डमा सारिएको छ । डाक्टरहरुले उनलाई केहि दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने भनेका छन् ।   
प्रहरीले बाबुराम चौधरी, मनोज चौधरी, लाहानुु चौधरी र रुपा चौधरीलाई पक्राउ गरेको छ । करन र जयराम चौधरी भने फरार रहेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक युुवन  चौधरी खुलेर भन्न चाहदैनन् । जिल्ला प्रहरी कार्यालयका एसपी पदम बिष्ट ‘घटनावारे विस्तृत जानकारी’ इलाका प्रहरीलाई नै होला भन्छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बोक्सीको आरोप लगायतका घटनामा शून्य सहनशीलताको नीति रहेको बताउँछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>