Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष १० गते बुधबार

कैलाली बाट स्वास्थ्यलाइ हानि पुर्याउने मह सहित १५ जना पक्राउ

कैलालीको टीकापुरबाट करिब एक हजार किलो महसहित पक्राउ परेका १६ जना भारतीयविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रयोगशालामा परीक्षण गर्दा उक्त मह दुषित रहेको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
१५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी सुमन लामीछानेले बताए। 
टीकापुर प्रहरीले टीकापुरको एक होटेलबाट उनीहरुलाई गत मंसिर १६ गते नौ सय ४७ किलो चाकासहितको महसहित पक्राउ गरेको थियो। मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
महमा मानिसको स्वास्थ्यलाई हानी हुने रसायन मिसावट गरेको पाइएको खाद्यले जनाएको छ। यस्तै चालु आर्थिक वर्षको साउनयता आठ वटा व्यवसायीक फमलाई कारबाहीको दायरामा ल्याइएको उनले जानकारी दिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>