कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित प्राचिन सिद्धनाथ मन्दिरको अध्यक्षमा १७औ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचनबाट नायक पाँचौँ पटक निर्वाचित भएका हुन । नायक आप्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खडकालाई १२०मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक निर्वाचनबाट निर्वाचित भएका थिए ।
उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका थिए ।
सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका हुन । महताले ३४७, योगीले २४८ र अर्का प्रतिस्पर्धी मोतिसिह बुढाले १२८मत ल्याएका छन ।
त्यसैगरी कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन । पालले आफ्ना निकटतम प्रतिस्पर्धी किशन नाथलाई १४४मतअन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका हुन । पालले ४२९ प्राप्त गर्दा नाथले २८५मत पाएका हुन् ।
सह सचिवमा राधा महता भाट निर्वाचित भएकी छिन । राधाले करन सिह कार्कीलाई १९९मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन । राधाले ४४६ र करनले २४७मत ल्याएका हुन ।
सदस्यहरु तर्फ ईन्द्र सिह धामी ४८२, उमा भण्डारी ४०७, दल बहादुर रोक्का मगर ४५७, निर्मला जोशी(पाल) ४८४, प्रेम सिह नायक ३६ र शंकर विष्टले ४६७ मत ल्याएका छन ।
कुल ९सय २८ मतदाता मध्ये ७६६मत खसेका थिए । स्थानीय समाजसेवी एव नेपाली काँग्रेस नेता समेत रहेका नायकले जिल्लाको उत्तरी सिरानीमै रहेको सिद्धनाथ मन्दिरको बृद्धि विकासको योजना अघि सारेका छन ।
पाँचौ पटक मन्दिर विकास समितिमा निर्वाचित नायकले आफु विगतदेखि मन्दिरको बृद्धि विकास एव धार्मिक पर्यटनका लागि थुप्रै कामकाज गर्दै आएको र फेरी पनि गर्ने बताएका छन । उनले तत्काल पूर्णागिरी मेलालाई थप व्यवस्थीत गर्दै ब्रमदेव मन्दिरलाई जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘पूर्णागिरी मेला थप व्यवस्थित पार्छु, ‘उनले भने, ‘जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउँछु, यस क्षेत्रको धार्मिक पर्यटकीय दृष्टिकोणबाट आर्थिक,समाजिक गतिबिधी अघि बढाउँछु ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया