Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ माघ ०६ गते बिहिबार

जिल्ला लिग फुटबल प्रतियोगिता: समूह ‘बि’ अन्तर्गत निङ्गलाशैनी र त्रीपुरा सेमिफाइनल प्रवेश

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ ५ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।
बुधबार भएको तीन वटा खेलमा निङ्गलाशैनी युवा समाज ,कञ्चन समाज र त्रीपुरा युवा समाजले जित निकाले हो। समूह ‘बि’ तर्फबाट निङ्गलाशैनी युवा समाज १३ अंकका साथ समूह विजेता र त्रीपुरा युवा समाज ११ अंकका साथ समूह उपविजेता हुँदै सेमिफाइनमा स्थान सुरक्षीत गरेको छ।
माघ ५ गते बुधबार भएको पहिलो खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपाल बिच भएको खेलमा निङ्गलाशैनीले आदर्श लाई ५-० गोलको अन्तरले हराउदै लिगका खेलमा एक बराबरीका साथै ४ जित निकाल्दै १३ अंक जोड्दै समूह ‘बि’ को विजेता हुँदै समूह चारमा स्थान सुरक्षीत राखेको छ। भने आदर्श नेपाल ७ मा रोकिएको हो। दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच भएको खेलमा कञ्चन समाजले २-० गोलको अन्तरले महेन्द्रनगर युनाइटेड लाई हराउदै तीन जित दुई हारका साथै ९ अंकमा रोकिएको हो। भने लगातार चार हार एक जित निकाल्दै महेन्द्रनगर युनाइटेड ३ अंकमा सिमित रहेको छ।
यसैगरी,उक्त दिनको अन्तिम खेल त्रीपुरा युवा समाज र रोयल गोर्खाज बिच भएको खेलमा त्रीपुरालेले ३-१ गोलको अन्तरले रोयल गोर्खाज लाई हराउदै तिन जित एक बराबरका साथ ११ अंक जोड्दै समूह ‘बि’ को उपविजेता बन्दै समूह चारमा स्थान सुरक्षीत गरेको छ। रोयल गोर्खाजले लिगको पाँच खेलमा लगातार हार बेहोर्दै अंक बिहिन बनेको हो।
बिहीवार समूह ‘ए’ अन्तर्गत तीन खेल हुने छन् । जसमा पहिल खेल दिपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली बिच बिहान १० बजे, दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब बिच दिउँसो १ बजे हुने छ। यसैगरी ,उक्त दिनको तेस्रो राम युवा क्लब र द ग्यालेक्सी युथ क्लब बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।

जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ। जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन भैरहेको छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>