नेपाल पत्रकार महासंघ कंचनपुर शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । एक कार्यक्रमबिच निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
बिहिवार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको तेस्रो तलाको समुद्घघाटन तथा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष माधव धामीले नवनिर्वाचित अध्यक्ष सुरेश धामीलाई अध्यक्षको आसनग्रहण गराएर पद हस्तान्तरण गरेका थिए ।
महासंघको तेस्रो तलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले पत्रकारहरुले समाज रुपान्तरणमा भुमिका निभाउदै आएकाले अझै सशक्त ढंगले अघि बढ्नु पर्ने बताए ।
अझै पनि लोकतन्त्र माथि प्रहार गर्न केही शक्ति लागि परेकाले त्यसको शसक्त ढंगले प्रतिकार गर्नु पर्ने मन्त्री थापाले बताए ।
पत्रकारहरु थुप्रै समस्या बाट ग्रसित भएको अवस्थामा सरकारबाट आवस्यक सहयोग गर्ने मन्त्री थापाले प्रतिवद्द्ता जनाए ।
कार्यक्रममा निर्वाचन समिति सदस्य प्रकाश पाण्डेले पत्रकारहरुले सधैव आवाज बिहिनहरुका आवाजलाई बुलन्द गर्नुपर्नेमा जोड दिए ।
पदभार कार्यक्रममा निवर्तमान सचिव राजेन्द्र प्रसाद अवस्थीले नवनिर्वाचित सचिव कुन्दन पाण्डेलाई माइन्युट हस्तान्तरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष धामीले पत्रकारको हकहित र पत्रकारिताको विकासका लागि सकृय भएर काम गर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा आउँदै गरेका नयाँ पुस्तादेखि अग्रज पत्रकारहरुका हरेक दुःख सुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कंचनपुर शाखाका पुर्व अध्यक्ष विष्णु अवस्थीले पत्रकारको हकहित र अधिकारका लागि महासंघ लड्नुपर्ने भन्दै नवनिर्वाचित सदस्यहरुलाई शुभकामना तथा बधाई दिएका थिए । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया