नुवाकोटस्थित शेरा दरबारको १६८ रोपनी जग्गा नेपाल सरकारको नाममा आउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले दरबारको जग्गा दुरुपयोग भएको निष्कर्ष निकालेको छ। यही निष्कर्षका आधारमा सीआईबीले सरकारको नाममा ल्याउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको हो ।
सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि भूमि विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेका हुन् ।
अख्तियारले जग्गाका विषयमा विगतदेखि नै चासो राखिरहे को छ । थप अनुसन्धानका लागि आवश्यक कागजातसहितको प्रतिवेदन पठाइएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार शेरा दरबारको जग्गाको सम्बन्धमा ४ महिना लगाएर अनुसन्धान गरेको हो । दरबारको १६८ रोपनी जग्गा हदबन्दीको प्रयोजनविपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष छ ।
सीआईबीका अनुसार पृथ्वीनारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका थिए ।
शाह परिवारबाट नामसारी हुँदै आएको उक्त जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा पुगेको थियो । २०३६ सालमा हदबन्दी लागू भएपछि हेलेन र जयन्तीको नाममा रहेको बाहेकको १६८ रोपनी जग्गा मालपोत कार्यालयबाट गौरीशंकर फार्मिङको नाममा राखिएको पाइएको छ ।
नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ सालमा गौरीशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरेका थिए । मालपोत कार्यालयको स्रेस्तामा केरमेट गरेर गौरीशंकर फार्मिडलाई अन्नपूर्ण फार्मिङ बनाएको पाइएको सीआईबीले जनाएको छ ।
२०६६ सालसम्ममा विकेश श्रेष्ठसहित ६ जना शेयर सदस्य भएर सो जग्गा भोगचलन गरेका भेटिएको प्रहरीको भनाइ छ। हाल अन्नपूर्ण फार्मिङ विकेश र उनको परिवारका नाममा मात्र रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया