Samriddhipost
२०८१ पुष १४ गते आइतबार
महेन्द्रनगर
२०८१ पुष १३ गते शनिबार

भ्रष्टाचार र बेथितिलाइ अन्त्य गर्ने प्रण गरेको छु :पुर्ब प्रधानमन्त्री प्रचण्ड

पुर्ब प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफुले शुसासनको पक्षमा भ्रस्टाचार विरुद्धको आन्दोलन चलाएको भन्दै यो आन्दोलन निरन्तर अगाडि बढाउने बताउनु भएको छ । कंचनपुर जिल्लाको पुर्नवास नगरपालिका प्रतिभानगरमा भ्रस्टाचार र बेथितिका विरुद्ध खबरदारी  तथा एकता समायोजन सभालाई सम्बोधन गर्दै पुर्ब प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा मिटरब्याजिको समस्या समाधान , भारत सङ्गको उर्जा सम्बन्धि समझदारी , चिन सङ्गको पारबहन सम्झौता , सिमा समस्या समाधान ,सुन काण्ड, शरणार्थी घोटाला काण्ड लगायत थुप्रै कामहरू गरेको उहाले बताउनु भएको छ । शिक्षा स्वास्थ्य पुर्बाधार कृषि पर्यटन क्षेत्रमा आफुले थुप्रै उपलब्धी हासिल गरेको भन्दै पुर्ब प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचार र अनियमितता बाहेक कुनै नया काम गर्न नसकेको बताउनु भएको छ । माओवादी पार्टी बलियो भए मात्र देशमा शुसासन र बिकास हुने भन्दै माओवादीमा जनलहर बढेको उहाको भनाइ रहेको छ । ठुल ठुला काण्डका फाइल खोलिने भन्दै भ्रष्टाचार र बेथिति अन्त्य गरिने उहाको भनाइ रहेको छ । सेतिमहाकालिबाट परिबर्तनका लागी थुप्रै जनाले ज्यानको आहुति दिएको भन्दै यस क्षेत्रमा रहेका सिमा समस्या समाधान , पश्चिम सेती परियोजना , दशरथ चन्द बिश्वबिद्धालय लगायतका परियोजना अगाडी बढाउन आफु प्रतिबद्ध भएर लाग्ने उहाले बताउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>