Samriddhipost
२०८२ भदौ २२ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष १५ गते सोमबार

धनगढीमा स्वस्तिक अस्पतालको निशुल्क निःसन्तानता परामर्श शिविर, ७१ जनाले लिए परामर्श सेवा

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल धनगढी र इन्दिरा आई.भि.एफ.क्लिनिक काठमाडाैको सहकार्य तथा समन्वयमा निःशुल्क निःसन्तानता परामर्श शिविर सम्पन्न भएको छ । शनिवार आयोजना गरिएको उक्त शिविरमा ७१ जनाले निःशुल्क निःसन्तानता सम्बन्धी परामर्श लिएका हुन ।

शिविरमा परामर्श लिन सहभागी भएका जलपति र भागीरामले आर्थिक अवस्था कमजोर रहेको र सुविधा सम्पन्न अस्पतालमा जान नसकेर निरास थिए । तर आज धनगढीमा रहेको स्वस्तिक अस्पतालमै निःशुल्क निःसन्तानता सम्बन्धि परामर्श पाएपछि खुसी भएको बताए ।

परामर्श निशुल्क पाएपछि उनीहरुमा खुसीको सीमा थिएन । उनी मात्र होईन, निःशुल्क परामर्श शिविरमा आएका मदन र लक्ष्मीको मुहारमा पनि असाध्यै खुशी छाएको थियो । शिविरमा ९५ जनाले नाम दर्ता गराए पनि ७१ जनाले सेवा लिएको स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले बताए ।

अस्पताल परिसरमा सञ्चालन गरिएको निशुल्क परामर्श सिविरमा इन्दिरा आई.भि.एफ.क्लिनिक नेपालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नेहा हुमागाई र स्वस्तिक अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेले चेकजाँच गरि परामर्श दिएका थिए ।

स्वस्तिक अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेले शिविरमा सहभागी दम्पतीहरुमा कम शुक्राणु, शुन्य शुक्राणु, बन्द प्यालोपियन, अण्डामा खराबी, गर्भाशयमा रसोली, अनियमित महिनावारी, पुरुष नसबन्दी लगायतका समस्या चेकजाच गरि परामर्स दिएको बताउनु भयो ।

इन्दिरा आई.भि.एफ.क्लिनिक नेपालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नेहा हुमागाईका अनुसार नेपालमा निःसन्तानता समस्या भएका ९५ प्रतिसत दम्पतिको सफल उपचार भई सन्तान प्राप्त गरेको बताउनुभयो । इन्दिरा आई.भि.एफ. क्लिनिक नेपालकोे काठमाडौमा १ शाखा तथा भारतभरी१ सय ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>