Samriddhipost
२०८१ पुष २० गते शनिबार
महेन्द्रनगर
२०८१ पुष १७ गते बुधबार

पेन्सन पट्टा बनाईदिन तिनलाख घुस लिने धनेश्वर अख्तियारकाे फन्दामा ।
साङ्केतिक तस्बिर


सरकारी कर्मचारी र तिनका कार्यालय हुने घुस काण्ड रोकथाम गर्दै सुशासनका लागि अख्तियार नै खडा गरेपनि सरकारले कर्मचारीले घुस लिन छाडेका छैनन । देशभर सकेजती अख्तियार सरकारी कार्यालयमा हुने घुसलेनदेन रोक्न लागेको भएपनि कर्मचारीहरु घुस लिन छाडेका छैनन ।
 यतिसम्मकी आफु बिरुद्धमा मुद्दा लागेको भएपनि मिलाईदेउ भन्दै लाखौँ रुपैया बोकेर अख्तियार कार्यालय पुग्ने कर्मचारीमाथि डण्डा बजाउँदा समेत कर्मचारीले घुस लिन छाडेका छैनन । पक्राउ परिरहेकै छन । राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यत शाखा अधिकृत धनेश्व प्रसाइ तीन लाख घुससहित पक्राउ पेका छन ।  
 पेन्सनपट्टा बनाईदिने पयोजनार्थ सेवागाहीसँग लिइहेको अवथामा अख्तियार दुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले आइतबार काठमाडौंको छाउनीथित किताबखानाको कार्यकक्षबाटै पक्राउ गरेको जनाएको छ । 
यसैविच कृषि विकास बैंकको करिब ३४ करोड रुपैयाँ ठगी गरी विदेश लगेर शुद्धीकरण गर्ने तीनजना सम्पत्ति शुद्धीकरण कसुरमा पनि दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार बैंकका तत्कालीन अधिकृत केदारप्रसाद गौतमसहितलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २२ पुसको पेसी तोकेको हो। 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ५ चैतमा सूर्यबहादुर लिम्बू, कृष्णहरि थापा र केदारप्रसाद गौतमविरुद्ध मुद्दा चलाएको थियो। उनीहरूलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले दोषी ठहर गरेको हो । यी तीनैजना प्रतिवादीहरूलाई यसअघि नै भ्रष्टाचार, बैंकिङ कसुर तथा सरकारी कागजात किर्तेको मुद्दासमेत दायर भइसकेको छ। यी मुद्दामा सर्वोेच्च अदालतबाट पनि सुरु सदरको फैसला भएको भन्दै विशेषले यस मुद्दामा पनि ठहर हुने फैसला गरेको हो। प्रतिवादीहरूले ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्र् िकसुरबाट आर्जन गरेको र तह–तह हस्तान्तरण तथा रूपान्तरण गरेको निष्कर्ष विशेषको छ। 
गौतमले आफ्नो नाम तेजबहादुर थापा राखेर कारोबार गरेका थिए। यस मुद्दामा अनुसन्धानपछि २१ भदौ /७२ मा सरकारी वकिलले विभागमा पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो। गौतमले थापासमेतको मिलेमतोमा योजनाबद्ध तरिकाले हुँदै नभएको व्यक्तिका नाममा खाता खोली रकम ट्रान्सफर गरेको भेटिएको थियो। यस मुद्दामा दर्जनजति प्रतिवादी भए पनि सम्पत्र् िशुद्धीकरणको कसुरमा भने तीनजना प्रतिवादी कायम गरिएकोमा उनीहरूमाथि कसुर कायमको फैसला भएको हो।
बैंकको स्वयम्भू शाखाका कर्मचारी गौतमले ०७१ सालमा विभिन्न नक्कली खाता बनाएर बैंकको २३ करोड ९३ लाख रुपैयाँ स्थानान्तरण गरेका थिए। त्यसरी स्थानान्तरण गरिएको पैसा हुन्डीमार्फत भारत लगिएको थियो। पछि जागिर छाडेर तेजबहादुर थापाको नाममा पासपोर्ट बनाएर कान्छी श्रीमती पोर्चुगल जान खोज्ने क्रममा सिआइबीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । ठगी गरेको पैसा विदेश लगेर शुद्धीकरण गरेको कसुरमा छुट्टै मुद्दा दायर भएकोमा त्यसमा पनि उनी दोषी ठहर भएका हुन्। दोषी ठहर हुने कृष्णहरि थापा नामक व्यक्ति भने अझै पत्ता लागेका छैनन्। उनकै योजनामा आफूले बैंकको सिस्टममा खेलेर पैसा स्थानान्तरण गरेको गौतमको बयान थियो। भारतमा बस्ने भनिएका थापाको ठेगानासमेत प्रहरीले पत्ता लगाउन सकेको छैन । यसरी कर्मचारीले घुसलिन नछाडेपछि नागरिकबाट समेत विश्वास गुम्दै गएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>