Samriddhipost
२०८१ पुष २० गते शनिबार
महेन्द्रनगर
२०८१ पुष १७ गते बुधबार

आर्थिक अभावले नागरिकाे उपचारमा समस्या, सहयाेगकाे अपिल

आर्थिक अभाव उपचार गर्ने (पैसा) नहुँदा कञ्चनपुरका एक दलित युवा मृत्युको मुखमा पुगेका छन ।उपचार गर्ने खर्च नहुँदा शुक्लाफाँटा नगरपालिका १ बन्साहका २९ बर्षिया दलित युवा राजु नागरी मृत्युको मुखमा पुगेका हुन । खुट्टाकाे क्यान्सर पीडित राजुसंग पैसा नहुँदा उनी घरमै बसेका छन । भएको पैसा उपचारमा खर्च गरिसकेका नागरी परिवार अहिले संकटमा परेको छ ।
तीन सन्तानका बाबु नागरीले दायाँ खुट्टामा क्यान्सर भएको छ । भारतमा मजदुर गर्दैै आएका उनको भोजिपुराको राममूर्ति अस्पतालमा उपचार गराईको थियो । क्यान्सर पीडित राजु नागरीका बाबु लक्ष्मण नागरीले भएको १५लाख रुपैया खर्च गर्दापनि निको नभएपछि थप उपचारका लागि झन समस्या भएको बताए । उसले कमाएको, घरमा भएको, केही उनकै साथीभाईले दिएको रुपैया उपचारमा खर्च भईसक्यो, ‘उनले भने, ‘तर निको भएको छैन, थप उपचारका लागि हामीहरुसंग पैशा छैन, अब छोरा मृत्युकै मुखमा पुगेको छ ।’
हाम्रो परिवारमा यत्रो दुख हुँदा समेत दलित अधिकारका लागि लडेका हौँ, लड्दैछौँ, भन्दै ठुलठुला भाषणमा उत्रिने कुनैपनि दलित नेता एव अधिकारकर्मीले सहयोग साथ नदिएको उनले दुखेसो छ । चुनावदेखि अन्य बेला दलितको भाग खानदेखिका कामकाजमा आफुहरु विपन्न संकटमा परेका दलित समुदायको अधिकारका लागि लडेको भन्दै लुछाचुडी गर्ने दलित अगुवाको साथ सहयोग नपाईएको उनले दुखेसो छ । ‘शुक्लाफाँटा नगरपालिका १ नम्बर वडा कार्यालय केही छोराकै साथीभाई केही गाँउलेहरुले सक्दो सहयोग गरेका छन, यस बाहेक दलितका अगुवा नेता एव दलितको अधिकारका लागि भन्दै डलर ल्याउने दलित अभियन्ताले केही गरेका छैनन, ‘उनले भने, ‘हाम्रो परिवारमा यत्रो बज्रपात हुँदा पनि दलित समुदाय तिनका अगुवा बोल्दैनन्, सहयोग गर्दैनन, यो विडम्बनाको विषय हो ।’
नागरी परिवारले १छोरा, २छोरीका बाबु राजुको जिवन रक्षाका लागि सरकारदेखि जनतासम्म अनुनय विनय गरेका छन ।शुक्लाफाँटा नपा १बन्साहका स्थानीय समेत रहेका राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले क्यान्सररोगसंग लडिरहेका राजु नागरीको उपचारका लागि सरकारी निकायदेखिका सरोकारवालाले आ–आफ्नो ठाँउबाट सक्दो आर्थिक सहयोग गरेर नेपाली युवा राजुको उपचारका लागि अपिल गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>