Samriddhipost
२०८१ पुष २२ गते सोमबार
महेन्द्रनगर
२०८१ पुष १९ गते शुक्रबार

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगमा रिक्त पदहरु पुर्ति , कंचनपुरका डा चन्द सदस्यमा नियुक्त ।

झण्डै पाँच महिनादेखि रिक्त रहेको सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगमा रिक्त पदहरु पुर्ति गरिएका छन । उपाध्यक्षमा डाक्टर जीवन राना नियुक्त भएकी छन् । 
प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बिहिबार बसेको मन्त्री परिषदको बैठकले डाक्टर रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले डडेल्धुराका शेरबहादुर भण्डारी र कञ्चनपुरका डाक्टर हिरा चन्दलाई आयोगको सदस्यमा नियुक्त गरेको हो । 
द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधी गरेकी रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् भने भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । सदस्यमा नियुक्त चन्द एमाले कञ्चनपुरका नेता हुन् ।  
मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाएका छन् भने उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्धय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् । 
राना आयोगकी पाँचौं उपाध्यक्ष हुन् । यसअघि गणेशबहादुर विश्वकर्मा, अनुपकुमार उपाध्याय, मोहनदेव विष्ट र केशरबहादुर साउँद आयोगका उपाध्यक्ष भइसकेका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>