Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष १९ गते शुक्रबार

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाहीलाई शुक्रवार पक्राउ गरिएको हो।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताए। शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ। बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो।

प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्‍दा दायर गरेको थियो। अभियुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तर, मुद्‍दाको अन्तिम फैसला हुन भने सकेको छैन। उक्त मुद्‍दामा पटक–पटक पेशी तोकिने गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>