Samriddhipost
२०८२ बैशाख ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष २२ गते आइतबार

बेलाइति संसदमा सम्बाेधन गर्न जाँदै काग्रेश नेता काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायतको संसदमा सम्बोधन गर्ने भएका छन् । बेलायतको संसदभित्र सम्बोधन गर्ने कोइराला पहिलो नेपाली तथा दक्षिण एशियाका दोस्रो नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा उनले सम्बोधन गर्नेछन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला १३ जनवरीमा विशेष कार्यक्रममा बेलायती संसदभित्र सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपालकै लागि गर्वको विषय भएको विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले बताए ।

नेपाल-बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् । लोकतन्त्र र मानवअधिकार रक्षा, शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा वकालत गरिरहेकाले संसद भवनभित्र सम्बोधनका लागि कोइरालालाई निमन्त्रणा गरिएको हो ।

हिसानका केन्दीय उपाध्यक्षसमेत रहेका राजनीतिक विश्लेषक भेषराज पोखरेलले बेलायतले दिएको उच्च सम्मानले डा. कोइरालाको राजनीतिक उचाइ बढाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>