भन्सार सहजिकरण बारे सरोकारवालाविच छलफल भएको छ । आइतबार सरकारी तथा गैर सरकारी निकायका अधिकारीविच भन्सार सहजिकरण बारे छलफल भएको हो । छलफलमा सहभागिहरुले भन्सार चोरी तस्करी नियन्त्रणदेखिका विषयमा छलफल गरेका थिए । भारतीय पर्यटक आगमन सहजिकरणदेखि भारतबाट आउने खाद्यान्नका विषयमा सरोकारवाला जिम्मेबारिका विषयमा जोडदिएका छन ।
भन्सार कार्यालय कञ्चनपुरका प्रमुख राजन बाबु काफ्लेले भन्सार राजस्व छली भईरहेको अवस्थामा कसरी बृद्धि गर्ने बारे भन्सार, क्वारेन्टाईन, सुरक्षा निकायदेखि वाणिज्य संघका पदाधिकारीविच छलफल भएको बताए । भन्सार प्रमुख काफ्लेकै अनुसार भन्सार राजस्व चुहावट बृद्धिका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले गड्डाचौकीबाट नेपाल आउने पर्यटकहरुलाई कसरी सहज सुविधाजन्य बनाउने विषयमा छलफल भएको बताए ।
‘यो गड्डाचौकी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटकहरुलाई सहजिकरण गर्दै नेपालको आर्थिक बृद्धिका लागि पहल गर्ने विषयमा छलफल भयो, ‘उनले भने, ‘छलफलमा भएका विषय सबै सरोकारवाला निकायबाट कार्यान्वयन भए थप भन्सार राजस्व चुहावटदेखि आर्थिक बृद्धि विकासका विषय अघि बढ्नेछन ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया