महेन्द्रनगर जेसिजको अध्यक्षमा राजेन्द्र प्रशाद अवस्थी चयन भएका छन । शनिबारदेखि शुरु भएको महेन्द्रनगर जेसिजको ३८औँ शाखा अधिवेशनबाट अध्यक्षमा अवस्थी चयन भएका हुन ।
जेसी अवस्थी निर्बिरोध निर्वाचित भएको जेसिज महेन्द्रनगरले जनाएको छ । कार्यकायरी उपाध्यक्ष दिपक कार्की(दिपिन), पवन जोशी , उपाध्यक्ष मनोज भट्ट पुष्कर दत्त भट्ट, गोबिन्द भट्ट, नवराज जोशी चयन भएका छन । महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष सहितका अन्य पदाधिकारी सदस्य पछि चयन गरिनेछन ।
०२५का लागि महेन्द्रनगर जेसिजको अध्यक्ष भएका जेसी राजेन्द्र प्रशाद अवस्थीले युवा प्रतिभादेखि युवाहरुलाई स्वदेशमै आत्मनिर्भरका कार्यक्रममा जोड्ने बताएका छन । बर्ष ०२४का अध्यक्ष जानकी रोकायाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पुर्व अध्यक्ष जेसी धर्मानन्द भट्ट प्रंमुख अतिथि रहेका थिए । पुर्व जेसिज महेन्द्रनगरका अध्यक्ष जेसी हरिस भट्ट निर्वाचन आयुक्त थिए । जेसिजमा हरेक एक बर्षमा नेतृत्व परिर्वतन हुँदै आएकोछ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया