भीमदत्तनगर कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोकमा २२सटर निर्माणको विषयलाई लिएर आन्दोलनरत युवा विद्यार्थी र भीमदत्त नगरका जनप्रतिनिधीविच चर्काचर्की भएको छ। सोमवार मेयर पदम बोगटीको कार्यकक्षमा पुगेका युवा, विद्यार्थी र जनप्रतिनिधीविच एक आपसमा चर्काचर्की भएको हो। २२ सटरको विषयमा सर्वदलिय पक्षीय वैठकमा भएको निर्णय माग गर्न र थप अतिक्रमण हटाउनुपर्ने माग अघि सारेर मेयरको कार्यकक्षमा पुगेका युवा, विद्यार्थी जनप्रतिनिधीविच चर्काचर्की संगै एक आपसमा आरोप पत्यारोप चल्यो ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका विद्यार्थी नेता तोय प्रशाद जोशी र भीनपा १का वडाध्यक्ष आसेफ कुंवर (भुन्टु ) विच एक अर्कालाई धम्क्याएको होच्याएर वोलेको आरोप प्रत्यारोपमा उत्रिएका छन। समाजवादीका विद्यार्थी नेता ताेय प्रशाद जोशीले आफूले जनप्रतिनिधीले स्थानीय सरकार ऐन ०७४को प्रयोग गरेर सबै समस्या समाधान हुने धारणा राखेका वेला १का वडाध्यक्ष आसेफ कुंवरले ए भाई त को होस जनप्रतिनिधीलाई सिकाउने भन्दै धक्की दिएको आरोप लगाएका छन । जनप्रतिनिधी भएर यसरी धम्की दिने की काम गर्ने भन्दै प्रश्न गरेपछि थप आफुमाथि दुव्र्व्यवहार गरेको उनको आरोप छ ।
वडाध्यक्ष भुन्टु कुंवरले आफूले २२सटरको विषयमा उनीहरु मेयर पदम बोगटी र ३का वडाध्यक्ष गगन धामीविच छलफल हुँदा अन्तिममा त्यो भाईले जनप्रतिनिधीमाथि औला ठड्याएर जनप्रतिनिधी विरुद्धमा अपशब्द प्रयोग गरेकाले यसरी औला ठड्याएर कुनैपनि जनप्रतिनिधीलाई धम्याउन नमिल्ने भनेको मात्रै वताए । 'उनीहरुविच पहिलेदेखि छलफल भएको थियो, म पनि पुगे, त्यहां मैले शुरुदेखि अन्तिमसम्म केही वोलेर अन्तिममा आएर त्यो भाईले जनप्रतिनिधीमाथि होच्याउने शब्दले औला ठड्याएर बोलेपछि ए भाई म पनि जनप्रतिनिधी हूँ, यसरी औला देखाएर धम्की दिन मिल्दैन भनेको हूँ, यसलाई धम्की भन्न मिल्छ र ?, तर युवा विद्यार्थीको आन्दोलनको मुद्दामा मैले ईन्टरफेयर नगरेको बताए । भीमदत्त नगरपालिकालाई एकातिर २२सटरवालाहरुको बनाउने दवाव अर्कातिर युवा विद्यार्थीको नवनाउने दवावले मदन चोकका २२ सटर निर्माण कार्य थप जटिल बन्दै गएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया