Samriddhipost
२०८१ पुष २४ गते बुधबार
महेन्द्रनगर
२०८१ पुष २३ गते मङ्गलबार

पुर्व मुख्यमन्त्री सहित उपस्थित सर्वपक्षिय बैठककाे निर्णय माग

 कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा भीमदत्त नगरपालिकाले गरेका निर्णय माग गरिएको छ । सो स्थानमा सटर बनाउन जमिन नपुग्ने र मापदण्ड विपरित बनाउन नहुने तर्क सहित आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले नगरपालिकासँग सुचना माग गरेका छन ।

मंगलबार सुचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै पालिकामा निवेदन दिएको युवा नेता दिपेन्द्र सिह ऐरले बताए । उनका अनुसार ०८१ मंसिर २१ गते भीमदत्त नगरपालिकामा भएको सर्वदलिय पक्षीय बैठकबाट भएका निर्णयको प्रतिलिपी माग गरेको छ ।

यस अघि पटक पटक माग गर्दा नदिएपछि सुचनाकै हक प्रयोग गरेको उनले बताए । संयुक्त युवा विद्यार्थीका तर्फबाट चन्द्रकान्त जोशी,करन सिह पाल, रमेश पन्त,कैलाशचन्द्र गिरी, दिपेन्द्र सिह ऐर, प्रज्वल कुँवर,तोयराज जोशी,तुल बहादुर थापा(मगर) सहितले हस्ताक्षर गरेको निवेदनमा संविधानको धारा २७ सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा १ बमोजिम तत्काल बैठकबाट भएका निर्णय उपलब्ध गराउन माग गरिएको हो ।

सडक विस्तारका क्रममा मदन चोक क्षेत्रबाट हटाएका सटरका विषयमा पछिल्ला दिनमा पेचिलो बनिरहेको छ । युवा विद्यार्थीले मापदण्ड पुग्दैन भनेर आन्दोलनमा उत्रिएका बेला यस अघिका २२ सटरवाला व्यवसायीले सोही स्थानमै दिनुपर्ने माग अघि सारेका छन भने सर्वदलियक बैठकमा सोही स्थानमा मापदण्ड नपुग्ने भन्दै दल, सरोकारवालाले अन्यन्त्र व्यवस्थापनको धारणा अघि सारेपनि स्थानीय सरकारले निकास दिन नसक्दा विषय रुमलिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>