सरकारले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूको म्याद थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू कमल गिरी, गणेश थाडामगर, कूलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्षको म्याद थपेको हो । उनीहरूको चार वर्षे पदावधि आज सकिंदै थियो ।
सशस्त्र प्रहरी नियमावलीमा डीआइजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहेमा थप एक वर्ष थप्न सकिने व्यवस्था छ ।
सशस्त्र नियमावली २०७२ को परिच्छेद १० को दफा ६५ मा एआईजी र डीआईजीको पदावधि आईजीपीको सिफारिसमा मन्त्रिपरिषद्ले एक वर्ष थप्न सकिने व्यवस्था गरेको छ ।
'उपनियम (१) को खण्ड (ग) को उपखण्ड (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्नेछ,' नियमावलीमा भनिएको छ ।
यसैगरी सरकारले नेपाली सेनाका ३ महासेनानीलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा हुनेमा महासेनानी सुनिलसिंह राठोर, महेश राणा र दीपेन्द्र गुरुङ छन् । बढुवा सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया