Samriddhipost
२०८१ पुष २६ गते शुक्रबार
महेन्द्रनगर
२०८१ पुष २५ गते बिहिबार

छाती दुखेपछि उपचारका लागि महाकाली अस्पताल पुगेका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामका ७७ बर्षिया जेष्ठ नागरिक जग्गु भण्डारीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उपचारका लागि बुधबार अस्पताल पुगेका भण्डारीलाई चिकित्सकले पहिलो दिन छातीको चेकजाँच(ईसिजी)का लागि दोस्रो दिन अस्पताल आउन सुझाव दिएका थिए ।
चिकित्सकको सुझाव अनुरुप भण्डारीलाई उनकी बुहारी बिनिता भण्डारीले उपचारका लागि दोस्रो दिन पनि अस्पताल ल्याईन । दोस्रो दिन बिहीबार चिकित्सकले ईसिजीका लागि सिफारिस गरेसंगै भण्डारीको ईसिजी गरियो । ईसिजीसंगै रेबिज बिरुद्धको खोप पनि लगाईयो । भण्डारीको उपचारमा संगै रहेकी बुहारी बिनिता भण्डारीले ईसिजी गरेपछि त्यहाँ रहेका स्वास्थ्यकर्मीले कुममा दुई सुई लगाईदिएको उनले बताईन ।
‘हामीलाई डाक्टरले ईसिजी गराउन पठायो, तर त्यहाँ ईसिजी पनि ग¥यो, संगै कुममा दुई सुई लगाईदियो, मैले नै ससुराका कपडा खोलिदिएको हुँ, अनि लगाईपनि दिए, कुममा दुई प्वाल छन, शुरुमा यो सुई बारे मलाई थाहै भएन, सुई लगाएको १० मिनेटमै मेरो ससुरा त्यही ढलेर प्राण गयो ।’
मृतक भण्डारीका आफन्तले ईसिजीका लागि सिफारिस विपरित रेबीजको सुई लगाएर जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले गम्भिर त्रृटी गरेको भन्दै कार्बाहीको माग अघि सारेका छन । मृतक भण्डारीकी अर्की बुहारी शान्ति भण्डारीले एक रोगको चेकजाँच अर्को रोगको सुई लगाएर नागरिक(बिरामी)माथि गम्भिर त्रृटी गरेको भन्दै कार्बाही र घटनाको छानबिनको माग अघि सारिन् ।
‘मेरा ससुराको छातीको चेकजाँच गर्नुपर्ने, तर चिकित्सकले सिफारिस गरे विपरित रेबीजको खोप लगाएर गम्भिर लार्पबाहीले हामीले ससुरा गुमाउन पुगेका छौँ ।’ मृतक भण्डारीका आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने जनाएका छन, शव अहिलेसम्म अस्पतालमै रहेको छ ।
भण्डारीलाई रेबिजकै खोप लगाएको बारे प्रमाणित भने भएको छैन । महाकाली अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले आफुले भण्डारीको ईसिजी चेकजाँच मात्रै गरेको दावि गरेका छन । उनले कार्यकक्षमा धेरै भिडभाँड भएकाले आफुले पहिलो पटक र्ईसिजी गरेको तर खोप लगाएको बारे आफैलाई थाहा नभएको धारणा राखेका छन ।
महाकाली अस्पतालले कसैलाई रेबिज भ्याक्सिन लगाउँदैमा मृत्यु त्यही कारणले हुन नसक्ने जनाएको छ । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले छातीका बिरामी भण्डारीको मृत्यु रेबिज भ्याक्सिनकै कारणले नभएको बताए । ‘उहाँ जेष्ठ नागरिक भण्डारीको मृत्यु रेबीजकै सुई दिएकाले होईन, ‘पहिल्यैदेखि बिरामी भएकाले अन्य कारणले पनि हुनसक्छ, त्यो बारे हामी अध्ययन गर्दैछौँ ।’
ईसिजी र रेबिज बिरुद्धको खोप एकै कार्यकक्षमा सेवा प्रवाहले समेत कहिलेकाही मानविय त्रृटी हुन गएकोमा अस्पतालले छानबिन गरेर गल्ती सच्याउने निमित्त मेसु भट्टले बताए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले उक्त घटना बारे अस्पताल गम्भिर भएको बताउँदै घटनाको छानबिन गरिने बताए ।
उक्त विषयमा मृतकका आफन्त र अस्पतालविच मृत्युको कारण बारे छलफल भएपनि निष्कर्षमा पुगेन । मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग अघि सार्दै लार्पबाही गर्ने स्वास्थ्यकर्मीमाथि कार्बाहीको माग अघि सारेका छन, भने, अस्पतालले कानुनी बाटो अपनाउन आग्रह गरेका छन । फोटो क्याप्सन ः महाकाली अस्पताल, मृतक भण्डारीका आफन्त

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>