Samriddhipost
२०८१ माघ १७ गते बिहिबार
महेन्द्रनगर
२०८१ पुष २६ गते शुक्रबार

बेलाैरि भलमन्सा  समितिकाे आयाेजनामा माघ म्याला सुरु

बेलौरीमा नगर भलमन्सा समितिको आयोजनामा बेलौरीको खुल्ला मञ्चमा आज देखि बेलौरी माघ म्याला २०८१ शुरु भएको छ । यस म्यालाको उद्घाटन समारोह बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीको अध्यक्षता प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगर, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी लगायको उपस्थिति उदघाटन गरिएको थियो ।
कार्यक्रमको पूर्वसन्ध्यामा थारु भेषभूषा झल्किने गरी बजार परिक्रमण गरिएको थियो । म्यालालाई भलमन्सा ऐन कार्यान्वयकै उत्साहका रुपमा समेत लिइएको थियो । म्यालामा बेलौरी नगरका प्राध्यापक, डाक्टर, ०७४ देखि ०७९ सम्म निर्वाचित थारु समुदायका जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । साथै, नगरका राष्ट्रिय खेलाडीहरूलाई पनि सम्मान गरिनुका साथै विविध सामाजिक कार्यक्रमहरू प्रस्तुत गरिएका छन् ।
म्याला तीन दिनसम्म चल्नेछ, जसमा थारु संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ । कार्यक्रमका वक्ताहरुले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरले भन्नुभयोः “थारु समुदायको परम्परा र संस्कृतिको संरक्षणका लागि यस किसिमका मेला महत्त्वपूर्ण माध्यम हुन ्। माघे मेला केवल मनोरञ्जनको साधन मात्र नभई समुदायलाई एकताको सूत्रमा बाँध्ने एउटा प्लेटफर्म हो । थारु समुदायको हकहित र संस्कृति प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न आफु सधै लागि परेको बताईन । यस्ता गतिविधिले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउनुका साथै पर्यटनलाई पनि प्रोत्साहन गर्छन्।“
प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले भन्नुभयोः “थारु भेषभूषा, भलमन्सा परम्परा, र सांस्कृतिक विविधताको संरक्षणमा बेलौरीको भूमिका प्रशंसनीय छ । माघे मेला थारु समुदायको पहिचान झल्काउने मात्रै होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने अवसर पनि हो । यस मेलाले समुदायको आर्थिक र सामाजिक समृद्धिमा योगदान गर्ने विश्वास लिएको बताउनु भयो ।“
अतिथिहरूले मेलाको व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, र थारु समुदायको सक्रिय सहभागिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका । सबैलाई यस मेलामा सहभागी भएर सांस्कृतिक सम्पदाको जगेर्नामा सहकार्य गर्न आह्वान समेत गरिएको छ ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले भन्नुभयोः “थारु समुदायको पहिचान, संस्कार, र संस्कृति बचाउन बेलौरी नगरपालिकाले सधैं सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तर समर्थन गर्नेछ । माघे म्याला केवल मनोरञ्जनको कार्यक्रम होइन, यो हाम्रो सामूहिक प्रयासको प्रतिबिम्ब हो, जसले हाम्रो मौलिकता जगेर्ना गर्न मद्दत पु¥याउँछ । थारु भलमन्सा प्रणाली हाम्रो समुदायको गौरव हो, र यसलाई संस्थागत गरेर थारु पहिचानलाई अझ सशक्त बनाउनु हामी सबैको दायित्व भएको बताउनु भयो ।“
मेलाले स्थानीय उत्पादन, हस्तकला, र पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने बताउँदै, थारु संस्कृति र परम्पराको संरक्षणका लागि युवापुस्ताको संलग्नता आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, मेलालाई सफल बनाउन स्थानीय बासिन्दा, आयोजक समिति, र सरोकारवालाहरूको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीले भन्नुभयोः “माघ म्याला हाम्रो सांस्कृतिक पहिचान र थारु परम्पराको जीवन्तता हो । भलमन्सा प्रणाली थारु समुदायको ऐतिहासिक र सामाजिक संरचनाको मुख्य आधार हो, र यसलाई जगेर्ना गर्न मेला आयोजना गरिनु गौरवको विषय हो । हाम्रो समुदायको समृद्धि र एकता यस्ता कार्यक्रमहरूमार्फत अझ बलियो बनाउने अवसर प्राप्त भएको बताउदै भलमन्सा ऐन कार्यान्यनमा आएकोमा उत्साहका रुपमा समेत म्यालालाई लिइएको बताउनु भयो ।“
उहाँले थप भन्नुभयो, “भलमन्सा ऐनको कार्यान्वयनले समुदायलाई थप सशक्त र संगठित बनाएको छ । म यो म्यालाको सफलताका लागि सम्पूर्ण समुदाय, आयोजक, र सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छु । थारु समुदायको संस्कार, परम्परा, र मूल्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै यो म्यालाको मुख्य उद्देश्य हो ।“
उहाँले सबैलाई म्यालामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै यस्ता कार्यक्रमले स्थानीय, सांस्कृतिक, र आर्थिक समृद्धिमा समेत योगदान दिने विश्वास व्यक्त गर्नुभयो । म्याला २६ गतेदेखि २८ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>