Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष २९ गते सोमबार

कलाैनीले छाेरिकाे जन्मदिन अनाथालयमा मनाए ।

दक्षिण कोरिया कर्मथलो बनाएका पत्रकार बिरेन्द्र कलौनीले छोरीको जन्मदिन अनाथ बालबालिकासँगै मनाएका छन् । वेदकोट नगरपालिका  वडा नम्बर ९ लालपुरका स्थानीय एवम् सुदूरपश्चिम खबर डटकमका सम्पादक कलौनीले छोरी आरबी कलौनीको जन्मदिन अनाथ बालबालिकासँगै मनाएका हुन् । बिरेन्द्र कलौनी सुदूरपश्चिमेली समाज थेगु दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष समेत हुन्।
कलौनी परिवारले आइतबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा छोरी आरबीको जन्मदिन मनाएका हो । आरबीका ठुलबुवा प्रकाश कलौनीले सामाजिक कार्य गर्ने उद्देश्यका साथ अनाथालयमा रहेका अनाथ बालबालिकालाई रात्रि भोज खुवाएको बताए ।
‘हाम्रो परिवारले सामाजिक काम गर्ने उद्देश्यका साथ अनाथालयमै जन्मदिन मनाएका छौँ, ‘प्रत्येक वर्ष हाम्रो परिवारका सदस्यको जन्मदिनको अवसरमा हामीले सामाजिक कार्य गर्दै आई रहेका छौँ।’ उनले भने ‘होटलमा गएर फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकासँग परिवार जसरी नै खुसी साटेर सामाजिक कार्य गर्नु नै उत्तम हुन्छ, अनाथ बालबालिकाहरूलाई पनि आफ्नोपनको महसुस हुन्छ।’

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>