Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष २९ गते सोमबार

भुडा गाउँकाे एक गाेठमा भेटियाे अजिङ्गर

कञ्चनपुर जिल्लाको बेलौरी १० भुडा स्थित जित लाल चौधरीको गोठबाट एक अजिङ्गर उद्धार गरी प्राकृतिक बासस्थान पारिजात सामुदायिक वन क्षेत्रमा छोडिएको छ ।

कञ्चनपुर कुण्डा वन सबडिभिजन कार्यालय पुनर्वास कार्यालय प्रमुख दिनेश यादवको नेतृत्वमा खटिएको ५÷६ जनाको टोलीले उक्त अजिङ्गरको उद्धार कार्य सम्पन्न गरेको हो । उद्धार कार्यमा स्थानिय जनताहरूले महत्वपूर्ण सहयोग पुर्याएकोमा जिल्ला वन कार्यालयले तिनीहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

वन अधिकृत दिनेश यादवले यसअघि पनि आठदेखि दस वटा अजिङ्गरको उद्धार गरिसकेको जानकारी दिएका छन् । उनले आगामी दिनहरूमा वन क्षेत्रमा विभिन्न प्रकारका कार्यमा सक्रियता राख्ने बताउनुभएको छ ।

अजिङ्गर संरक्षित बन्यजन्तु भएको कारण, वन कार्यालयले सबैलाई सूचित गरेको छ कि यदि कसैले अजिङ्गर देखेमा वा फेला पारेमा, तुरुन्तै नजिकको सामुदायिक वन, प्रहरी कार्यालय वा बन कार्यालयलाई जानकारी दिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>