Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष २९ गते सोमबार

शुक्लफाँटाकाे वन क्षेत्रमा हतियार लुकाउदै गरेका पुर्व प्रहरी खड्का पक्राउ
साङ्केतिक तस्बिर

शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र अन्तरगत पर्ने चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ। सोमबार शुक्लाफाँटा सवडिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट इन्द्र बम नेतृत्वको टोलीले शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्कालाई पक्राउ गरेको हो।

 

राष्ट्रिय वनमा जडान गरिएका क्यामेराहरुको निरीक्षणमा गएको समयमा उनलाई पक्राउ गरिएको वन रक्षक साउँदले बताए। ‘राष्ट्रिय वनमा जडान गरिएको क्यामेराको निरीक्षण गर्न गएका थियौं, चुरे क्षेत्रको गिठे भन्ने ठाउँमा हामीले उनलाई बन्दुक लुकाई रहेको अवस्थामा देख्यौं, उनी हामीलाई देखेपछि भागे, बन्दुकलाई नियन्त्रणमा लिएर हामी आफ्नो काममा लाग्यौं,’ उनले भने। 

 

बन्दुकलाई नियन्त्रणमा लिएपछि खड्का झगडा समेत गर्न आएको उनले बताए। ‘सुरुवातमा हामीलाई देखेर भागेका खड्कापछि क्यामेराको निरीक्षण गरेर फर्किने हामीसँग झगडा गर्न आए, त्यसपछि प्रहरीलाई खबर ग¥यौं,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय झलारीको सहयाेगमा उनलाई पक्राउ गर्न सफल भयौं।’ पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ। 

 

खड्का नेपाल प्रहरीका अवकास प्राप्त असई समेत हुन्। भरुवा बन्दुकसहित पक्राउ परेका खड्कामाथि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>