भिमदत्त नगरपालिका महेन्द्रनगर बजार क्षेत्रमा रहेका भाडा प्रयाेजनका लागि बनाएका सटरहरु सम्झाैता सकिदा समेत तेस्राे ब्याक्तिलाई भाडामा लगाएर बिचाैलियाकाे काम गरेकाे, सडक बनाउन खाली गरिएका सटरका ठाउँमा मापदण्ड बिपरित सटर बनाउन खाेजेकाे भन्दै कंचनपुरमा क्रियासिल ८ दल एक भएका छन ।
मंगलबार आठ दल नेकपा एमाले हिमाल चन्द भिमदत्त नगर समिति अध्यक्ष, नेकपा (माओवादी केन्द्र) रघुविर धामी क.तुफान
भिमदत्त नगर समिति उपाध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी यज्ञ राज जोशी भिमदत्त नगर समिति का.वा अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी करन पाल भिमदत्त नगर समिति अध्यक्ष, नेकपा एकीकृत समाजवादी मदन सेराला भिमदत्त नगर समिति अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल अम्बा तिवारी केन्द्रीय सदस्य नेकपा (बहुमत) रितिक भिमदत्त नगर समिति ईन्चार्ज राष्ट्रिय जनमोर्चा मञ्जु परियार भिमदत्त नगर समिति अध्यक्षले हस्ताक्षर गर्दै संयुक्त वक्तव्य जारि गरेका हुन ।
वक्तव्यमा भिमदत्त नगरपालिका अन्तर्गत रहेको भिमदत्त नगर विकास समिति को जमिनमा बनेका अबैध संरचना भत्काउने बिषयमा भिमदत्त नगरपालिकाले गरेको समाजिक अन्याय हुने गरि अबैध संरचना भत्काएको बिषय प्रति गम्भीर ध्यानाकर्षण भएको छ । अबैध संरचना हटाउने भनी भिमदत्त नगर विकास समितिले निकालेको सार्वजनिक सुचनाको म्याद सकिएको महिनौ बितिसक्दा पनि नगरपालिका अबैध संरचना हटाउने कुनै वास्ता छैन तसर्थ अबैध संरचना तत्काल भत्काउन अनुुरोध गर्दछौं उल्लेख गर्दै व्यवसायीक प्रयोजनका लागि बनेका खाध्य संस्थानका १५० सटर ,बाल मन्दिरका ४५ र भिमदत्त नगर विकास समितिका २२ सटर नगरपालिका ले आफ्नो सडक खण्ड चौडाइ गर्न आवश्यकता परेकाले र जिल्ला प्रशासनको सर्वदलीय निर्णय कार्यान्वयन गर्ने गरि भत्काएको थियोे, तर समाजिक न्यायको पनि धज्जि उडाउने गरी मदन चौकका २२ सटरको सम्झौता सकिएको महिनौ पछि पनि उक्त व्यवसायीहरुलाई गुम्राहमा राखि सोही ठाउँमा व्यवस्थापन गर्ने भनी नगर प्रमुखले सार्वजनिक जमिन केही अमुख व्यक्तिहरुलाई कानुनी मापदण्ड पनि पुग्ने/नपुग्ने कुराको पनि ख्याल नगरी गरिएको कार्यले स्थानीय सरकारको समवेदनशीलता र औचित्यमा समेत प्रश्न चिन्ह खडा हुने गरि गरिएको निर्णयले समग्र व्यवस्था प्रति नै आम जनसमुदायको वितृष्णा उत्पन्न हुने गरी गरिएका अबैध निर्णय नम्बर ०४ तत्काल खारेज गर्न अपिल गर्दै उक्त व्यवसायीहरुको उचित व्यवस्थापन गर्न जोडदार माग गरेेकाे छ ।
यस्तै नगरपालिका का सटरहरु केही सिमित व्यक्तिहरुका नाममा छन् वास्तविक व्यवसायीहरुलाई काम गर्ने वातावरण पनि नरहने गरि केही अमुख व्यक्तिहरुले नक्कली सम्झौता पत्र देखाएर भाडा असुलि रहेको बिषयमा नगरपालिका लाई गम्भीर हुन अनुरोध गर्नुका साथै यस्ता बिचौलियाहरुलाई कानुनी दायरा पनि ल्याउन अपिल गर्दछौं उल्लेख गरेकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया