Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०२ गते बुधबार

दैजि क्षेला औद्योगिक क्षेत्र अलपत्र, हरैया सेज निर्माणका लागि बिषय पुनः उठान

कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र अलपत्र परेको छ। त्यहाँ औद्योगिक क्षेत्र निर्माणका लागि रुख छपान गरिएको भए पनि बाँकी काम अघि बढ्न सकेको छैन। दैजी–छेला औद्योगिक क्षेत्र अलपत्र परेका बेला यता कैलालीको लालपुर–हरैयामा भने पुनः विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने विषयको उठाउन भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ७ र ८ मा रहेको हरैयामा विशेष आर्थिक क्षेत्र बनाउने उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्।
 मंगलबार सो क्षेत्रको अवलोकन गर्दै मन्त्री भण्डारीले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलबाट सेज सञ्चालनमा ल्याउने दाबी गरेका हुन्। उनले सेज निर्माणका लागि प्रारम्भिक काम सकेर पीपीपी मोडेलमा सञ्चालन गरिने दाबी गरेका छन्। प्रारम्भिक काम सकियो भने पीपीपी मोडेलबाट काम सुरु गर्ने उनको भनाई छ।

सोहीक्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र कटुवालले इआइएका लागि कागजात वन विभागमा पठाइसकेकाले स्वीकृत हुने बित्तिकै काम अगाडि बढाइने दाबी गरे। डिपीआर निर्माणका क्रममा रहेको उनको भनाई छ। हरैया विशेष आर्थिक क्षेत्र ९ सय बिघा क्षेत्रफलमा फैलिएको छ। २०७६ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि सेज निर्माण कार्य अघि बढाउनेभन्दै यसैगरी अवलोकन गरेका थिए। तर नत सेज निर्माण कार्य अघि बढ्न सकेको छ न त दैजी—छेला औद्योगिक क्षेत्र नै।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>