सुदूरपश्चिमको मौलिक लोक परम्परा, संस्कृति सरक्षणमा सरोकारवालाले जोड दिएका छन । थारु पहाडी समुदायले मनाउँदै आएको माघी साझा पर्व पछिल्ला बर्षहरुमा लोप भईरहेको भन्दै सरोकारवालाले सरक्षणमा जोडदिएका हुन ।
सुदूरको तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदाय र पहाडमा बस्दै आएका पहाडी समुदायले माघीलाई आ–आफ्नो संस्कृति अनुरुप मनाउँदै आएका छन । पश्चिम नेपालका थारु समुदायले १ माघदेखि नयाँ बर्षकै रुपमा मनाउँदै आएका छन ।
हरेक बर्ष माघ १ गते मकर संक्र्रान्ति अर्थात नरहरी पर्व पहाडी समुदाय र थारु समुदायले नयाँ बर्षकै रुपमा माघी मनाउँदै आएका छन । थारु–पहाडी समुदायले यसरी मनाउँदै पर्व सरक्षण, प्रर्बद्धन एव नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने सरोकारवालाको भनाई छ ।
मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनरमा असाहय महिला उत्थान तथा संस्कृति जर्गेना केन्द्रले आयोजना गरेको माघी विशेष कार्यक्रममा सुदूरको लोप भईरहेको पर्व सरक्षणमा सरोकारवालाले जोडदिएका हुन ।
महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)का पुर्व शिक्षिका एव योग गुरु विजयालक्ष्मी अवस्थीले पछिल्ला बर्षहरुमा थारु र पहाडी समुदायमा नयाँ पुस्ताहरुले आफ्नो परम्परा सरक्षणमा चासो नदेखाएको भन्दै यसको सरक्षण अपरिहार्य रहेको बताईन ।
‘परापुर्वकालदेखि चल्दै आएका लोक संस्कृति,कला, परम्परा हामीले सरक्षण गर्नुपर्छ, ‘यो त हाम्रो गहना पनि पनि यसको सरक्षण गर्नु अहिलेका पुस्ताका लागि चुनौती पनि छ ।’
असाहय महिला उत्थान तथा संस्कृति जर्गेना केन्द्रकी अध्यक्ष एव देउडीया मञ्जु गिरीले लोप भईरहेको सुदूरको मौलिक परम्परा सरक्षणका अपरिहार्य रहेको बताईन ।
‘आधुनिकतासंगै प्रविधिको विकासले हाम्रा कला संस्कृतिमाथि पनि चुनौती थपिदिएको छ, ‘यसको सरक्षण गर्न नसके हाम्रो पहिचान नै गुम्ने खतरा छ, त्यसैले हामीले सामुहिक रुपमा माघी कार्यक्रम गरेका छौँ, यहाँ थारु र पहाडी समुदायले छुट्टाछुट्टै कला संस्कृति प्रंस्तुत गरेका छौँ ।’ पहिलेदेखि माघीमा खाने परिकार, भेषभुषा, पहिरन झल्किने गरेर हामीले कार्यक्रम गरेको बताउँदै अध्यक्ष गिरीले लोक संस्कृतिसंगै मौलिक खाने परिवार सरक्षण गर्नुपर्ने बताईन । तरुल, तिलको लड्डु, सखरखण्ड, हरियो नुन जस्ता पोषिला खाने परिकार समेत वितरण गरेर नयाँ पुस्तामा माघका दिन यस्ता खाने परिकार उपभोग गर्दै आएको समेत उनले जानकारी गराएकी छिन ।
थारु समुदायकी अगुवा युवा एव पत्रकार पुजा चौधरीले माघी पर्व थारु समुदायमा उत्सवकै रुपमा मनाउँदै आएको बताईन । उनले ठुलाबडाबाट सानाले आर्शिवाद लिएर मनाउने र मिठामिठा खाने परिकार खाएर मनाउँदै आएको बताईन । ‘यो पर्व पनि पछिल्ला बर्षहरुमा आधुनिकतासंगै लोप भईरहेको भन्दै चिन्ता व्यक्त गरिन ।
सुदूरपश्चिम विश्वविद्यालय सभा सदस्य डा. कृष्णदत्त जोशी(बोक्सर)ले आफ्नै परम्परा संस्कृति भुल्ने कार्य भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । ‘हाम्रा पहिचानका साँस्कृतिक कार्यक्रम हामीले भुलिरहेका छौँ, ‘उनले भने, ‘पुराना पुस्तामा भएका कला, संस्कृति अब नयाँ पुस्ताले पनि सिक्नुपर्छ ।’ आधुनिकतासंगै नेपालीहरु विदेशीने प्रवृतिले पनि नेपालीको लोक संस्कृति सरक्षणमा चुनौती थपिदिएको बताए ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले माघ महिना पवित्र महिना भएकाले यसको बेग्लै महत्व रहेको बताए । उनले माघी पर्व सुपमा बस्दै थारु, पहाडी दुवै समुदायको साझा पर्व भएकाले ऐतिहासिक रुपमा मनाउँदै आएको बताए । उनले प्रतिष्ठानले सुदूरका ९वटै जिल्लामा रहेको कला, साहित्य, भेषभुषा, संस्कृति सरक्षण गर्न लागेको बताउँदै आफ्नो लोक संस्कृतिलाई अन्र्तराष्ट्रिय स्तरसम्म पहिचान गराउने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा थारु समुदायले नृत्य, पहाडी समुदायले देउडा खेल्नुका साथै स्थानीय कलाकारहरुले माघी सरक्षण सम्बन्धी गित, गजल पंस्तुत गरेका छन स्थानीय कलाकारहरुलाई अभिनन्दन सहित मायाको चिनो प्रदान गरिएको थियो । असाहय महिला उत्थान तथा संस्कृति जर्गेना केन्द्रकी सह सचिव कमला धामीले संचालन गरेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशको लोक संस्कृति सरक्षणका क्षेत्रमा कार्यरत अगुवादेखि सर्वसाधारणको सहभागिता रहेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया