Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०२ गते बुधबार

आशिका तामाङ पक्राउ

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् । 
उनलाई बुधबार दिउँसो पक्राउ गरेर प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए । 
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
तामाङले विभिन्न सार्वजनिक स्थलमा पुगेर भिडियो बनाउने तथा ‘अभद्र शैली’मा प्रस्तुत हुने गरेकी थिइन् ।  उनले ती भिडियोहरूलाई सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।
उनले केही दिन पहिले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई समेत ‘बर्दी खोलेर नाङ्गै हिँड्नुस्’ भन्दै थर्काएकी थिइन् ।
पुस २६ गते पशुपति क्षेत्र विकास कोषले आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । 
जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने क्रममा पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको थियो।
उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौं तथा गौशाला वृत्तको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आशिकालाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>