Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०२ गते बुधबार

डिभिजन वन अधिकृतकाे युवती संग बसेकाे नग्न फाेटाे सार्वजनिक

डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीको अर्धनग्न अवस्थामा युवतीसँग तस्बिर बाहिरिएको छ।
वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर वन निर्देशनालय धनगढीलेसमेत फेला पारेपछि ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न आज (बुधबार) नै पत्राचार गरिएको हो। डिसीको एक युवतीसँग बसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने तस्बिर सार्वजनिक भएपछि  सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले स्पष्टीकरण सोधेको हो।
उक्त तस्बिरमा निजामती कर्मचारीको आचरण विपरीत प्रस्तुत भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरिएको सुदूरपश्चिम वन निर्देशनालयका वन निर्देशक हेमराज विष्टले बताए। निजामती सेवा ऐन, २०७९ को दफा १०१ तथा सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनिएको छ।
प्रदेश वन निर्देशनालयका निर्देशक विष्टले अर्धनग्न तस्बिर बाहिरिएको बताउँदै सही हो वा होइन चित्तबुझ्दो जवाफ दिन भन्दै पत्राचार गरिएको बताए। डीसी हालै मात्र डडेल्धुरावाट बाजुरा गएका थिए। तस्बिरमा वन अधिकृत डिसी मापसे गर्दै अर्धनग्न तरिकाले युवतीसँग बसेको तस्बिरमा देखिन्छ।
अर्को तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिने फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। डिसीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निलम्बन गरी कारबाहीको माग गरिएको छ। तस्बिर सही हो भने यो कर्मचारी आचारसंहिता विपरीत हुने वन निर्देशक विष्टले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>