Samriddhipost
२०८३ कार्तिक ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०३ गते बिहिबार

कञ्चनपुरको भीमदत्त नगरपालिकाले व्यवसायीहरुमाथी विभेद गरेको भन्दै व्यवसायीहरुले उचित व्यवस्थापनको माग अघि सारेका छन् ।
बाल मन्दिर संघर्ष समिति र खाद्यान्न व्यवस्थापन कम्पनी लिमिटेड संघर्ष समितिले बिहिवार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफूहरुको पनि उचित व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् ।
विगत लामो समयदेखि महेन्द्रनगर बसपार्ककाे पश्चिमतर्फ रहेको नेपाल बाल संगठन बाल मन्दिर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा भाडा तिरेर व्यवसाय गर्दै आएका १६८ व्यवसायीहरुले सार्वजनिक जमिन खाली गर्ने नीति अनुरुप संरचनाहरु हटाउने अभियानमा साथ दिएको तर व्यवसायीहरुमाथी विभेद गर्दै पहुँचवाला व्यवसायीको मात्रै व्यवस्थापन गर्न खोजे सामाजिक अन्याय हुने उल्लेख छ।
खाद्यान्न कम्पनी लिमिटेड संघर्ष समितिका संयोजक शेरसिंह कुवँर र बालमन्दिर संघर्ष समिति संयोजक डम्बर बहादुर खड्काद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारले नै सामाजिक न्यायको समेत ख्याल नगरी केही पहुँचवाला व्यवसायीलाई मात्रै व्यवस्थापन गर्ने कुराले हामीमाथि अन्याय गरेको महसुस गरेका छौं।’
आफूहरुको उचित व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>