Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०३ गते शुक्रबार

भारतले बाटो नदिएपछि दुम्लीङ हुँदै जनगणना टोली छाङरु प्रस्थान, अतिक्रमित भूमिमा असम्भव

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार मात्रै नेपाली बाटो हुँदै व्यास प्रस्थान गरेको छ । छाङरु र तिङ्करको जनगणनाका लागि गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटोको प्रयोग गरेर त्यसतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले वानकारि दिनुभयाे ।

पाण्डेले भन्नुभयो, शुक्रबार सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलंगाबाट छाङरु र तिङ्करको जनगणनाका लागि प्रास्थान गरेका छन । गणक राजेन्द्र कार्कीलाई पनि टोली संगै जान भनिएको उहाँले बताउनुभयो । खलंगादेखि व्यास गाउँपालिका–२ दुम्लीङसम्म बाटो ठिक छ, दुम्लीङदेखी छाङरु र तिङ्करसम्म घर, पशल र मानवआवाजावत छैन, जनगणना अधिकारी पाण्डेले भन्नुभयो, दुम्लीङभन्दा माथि जान सक्छन कि सक्दैनन अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसंगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलका साथ खलंगाबाट टोली प्रस्थान गरेको छ । नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै दार्चुला सदरमुकाम खलंगासम्म आवतजावत गर्दै आएका छन् । तर जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भारतले बाटो नदिएको हो ।

जनगणनाका लागि छाङरु र तिङ्करसम्म जाने बाटोको प्रयोग अनुमतिका लागि तीन पटक पत्राचार गरेपनि अनुमति नपाएको दार्चुला प्रशासनले जनाएको छ । देशभरी कात्तिक २५ गतेदेखि गणकहरु जनगणनाका लागि सबै वडामा खटिएका थिए । छाङरु र तिङ्कर जान भारतीय बाटोको प्रयोग गर्नुपर्ने भएकोले भारतलाई औपचारीक र अनौपचारीक अनुरोध गरिएपनि अनुमति नपाएको नेपाली अधिकारीहरुले बताएका छन् । कात्तिक २५ गते माथिल्लो क्षेत्रमा पहिरो गएर बाटो बिग्रेको छ, केहि दिन पछि अनुमति दिउला भनेर अल्झाएको भारतीय प्रशासनले पछिल्लो समय भारतकै केन्द्र सरकारबाट गणकलाई जान दिने नीति छैन भन्ने निर्देशन आएको र बाटो समेत राम्रो नभएकोले तत्काल अनुमति दिन नसकिने जवाफ दिएको जनगणना कार्यालय दार्चुलाले जनाएको छ । व्यासको वडा नम्बर १ बाहेक दार्चुलाका ६० वडामा शुक्रबारसम्म ८० प्रतिषत जनगणनाको काम सकिएको जनगणना अधिकारी पाण्डले बताउनुभयो ।

अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुरामा जिल्लाबाट भौतिक रुपमा जनगणना गर्न नसकिने उहाँले बताउनुभयो । केन्द्रबाट बैकल्पीक विधिको प्रयोग गरेर जनगणना गर्ने कुरा सुन्नमा आएको बताउदै उहाँले भौतिक उपस्थितिमा जनगणना गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयहरु बताउछन । सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणको घर तथा घर परिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>