Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ माघ ०६ गते बिहिबार

अपिहिमालमा नमुना युवा संसदको अभ्यास सम्पन्न

दार्चुलाको अपिहिमाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला युवा समिति दार्चुलाको सहजिकरणमा चार दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

माघ ३ गतेदेखि सञ्चालन भएको नमुना युवा संसद अभ्यास कार्यक्रममा युवा परिषद बैतडीका अध्यक्ष सन्तोषप्रकाश जोशी, डडेल्धुराका अध्यक्ष भरत मल्ल, दार्चुलाका अध्यक्ष खेमराज जोशी लगायतले प्रशिक्षण गरेका थिए । अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख बिरेन्द्रसिंह साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष उर्मीला बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मणसिंह धामीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा एमाले दार्चुलाका उपसचिव एबं युवा परिषद दार्चुलाका पूर्वअध्यक्ष खडक बडाल, अपिहिमाल गाउँपालिका वडा अध्यक्ष ३ का वडाअध्यक्ष समुद्रसिह कार्की, वडा नम्बर ६ का वडाअध्यक्ष गामसिह धामी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>