महेन्द्रनगर जेसीजको नयाँ कार्य समितिको पदस्थापन तथा पद हस्तान्तरण गरिएको छ । बर्ष ०२५लागि नवनिर्वाचित जेसीजका पदाधिकारीहरुको पदस्थापन तथा पद हस्तान्तरण गरिएको हो ।
शनिबार एक कार्यक्रमका विच नवनिर्वाचित जेसीजका पदाधिकारीहरुको पदस्थापन तथा पद हस्तान्तरण गरिएको जनाएको छ । बर्ष ०२५का लागि यस अघि निर्वाचित पदाधिकारी, एव सदस्यको पदस्थापन गरिएको हो । बर्ष ०२४ का अध्यक्ष जानकी रोकायाले बर्ष ०२५का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीलाई पदहस्तान्तरण गरेकी थिईन ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य तथा पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।जेसीज महेन्द्रनगर बर्ष ०२५ का महासचिव लक्ष्मण प्रशाद पन्तले संचालन गरेको कार्यक्रममा जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष सहितका पदाधिकारी सदस्य, एव सरोकारवालाको सहभागिता रहेको थियो ।
महेन्द्रनगर जेसीजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले आगामी दिनमा युवाहरुको क्षमता बृद्धि विकास समाजिक हितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया