Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०७ गते सोमबार

रावल भेट्न गएका बाउ छाेरालाई एमालेकाे डण्डा

पार्टीबाट निष्कासित भीम रावलको स्वागतमा धनगढी विमानस्थल पुगेका दुई नेतालाई नेकपा एमाले कैलालीले कारबाहीको सिफारिस गरेको छ।

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदी र एमाले जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्यबाट हटाउन एमाले कैलालीले पार्टी केन्द्रलाई सिफारिस गरेको हो।एमाले जिल्ला सचिवालय बैठकले सुवेदीलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट समेत हटाएको छ। पार्टी नीति र नेतृत्वको विरोधमा लागेकाले दुवैजनालाई साधारण सदस्यबाट हटाउन केन्द्रलाई सिफारिस गरिएको एमाले कैलालीका उपसचिव एवं प्रचार विभाग प्रमुख चूडामणि भट्टले बताए।

पूर्वमन्त्री सुवेदी र उनका छोरा भीष्म गत शुक्रबार एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावललाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका थिए। ‘पार्टी नेतृत्वको विरोधमा विमानस्थलमा भएको नाराबाजीमा संलग्न रहेको पाइएपछि दुवैजनालाई साधारण सदस्यबाट हटाउन सिफारिस गरेका हौँ,’ उपसचिव भट्टले भने।

पार्टी नीति र नेतृत्वविरुद्ध लामो समयदेखि सामाजिक सञ्जालमा लेख्ने गरेको पाइएपछि जिल्ला कमिटी सदस्य सुवेदीलाई यसअघि पनि स्पष्टीकरण सोधिएको भट्टले बताए। रावल धनगढी आउँदा विमानस्थलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीविरुद्ध नाराबाजी भएको थियो। 

त्यस्तै, उनी विमानस्थलबाट गृहजिल्ला अछाम जाने क्रममा अत्तरियामा पनि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो। कारबाहीको सिफारिसमा परेका सुवेदी प्रदेश सभाको पहिलो कार्यकालमा सरकारका सामाजिक विकासमन्त्री थिए । रावलमाथि कार्बाही गरिएसगै एमाले सुप प्रदेशमा समेत नेता कार्यकर्ताहरु अलमलमा परेकाछन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>