कैलालीमा चर्चका सेवकले पावर टिलर दिने भन्दै किसानलाई ठगेको खुलेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१६ जलघुस्राको विश्वास एजी चर्चमा बस्दै आएका राजकुमार चौधरीले स्थानीय किसानलाई ठगेका हुन्।
अत्तरिया घर भएका चौधरी जलघुस्रको चर्चमा बस्दै आएका थिए। करिब १० वर्षसम्म चर्चमा बसेका चौधरीले स्थानीय ५५ जना किसानलाई पावर टिलर दिने भन्दै ठगेका हुन्। राजकुमारले जलघुस्रा, गौरीगंगा र कैलारीका ५५ जना किसानलाई आधा मूल्यमा पावर टिलर दिने भन्दै ६० लाख ३९ हजार रकम सङ्कलन गरेर फरार भएको पीडित किसानले बताएका छन्।
गत असार र साउनमा रकम उठाएका चौधरी पावर टिलर नदिएरै सम्पर्क विहीन भएको धनगढी–१६ का पीडित किसान श्याम बहादुर थापाले बताए। उनले राजकुमारले आफूबाट पावर टिलर दिने भन्दै एक लाख ३३ हजार रुपैयाँ उठाएको बताए। ‘राजकुमारले पावर टिलर दिने भन्दै एक लाख ३३ हजार रुपैयाँ नगदै लिएका हुन्,’ उनले भने, ‘ऋण लिएर दिएको रकम लिएको भोलिपल्टबाट उनी हाम्रो सम्पर्कमै आएनन्। अहिले ऋणको व्याज तिर्नसमेत समस्या भएको छ।’
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया