शुक्लाफाँटा नगरपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रका शहिद परिवारलाई पार्टीले सहयोग गरेको छ। सोमबार एक कार्यक्रमका बीच शहिद परिवारको घर आँगनमै गएर पार्टीले आर्थिक सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रको पार्टी सुदृढीकरणको इन्चार्ज तथा प्रदेश कमिटी सदस्य दुर्गा जोशीको नेतृत्वमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ को वडा कमिटीले शहिद परिवारलाई आर्थिक सहयोग गरेको छ । वडा नम्बर २ की शहिद परिवारकी सदस्य रत्ना चौधरीलाई वडा कमिटी तथा नगर कमिटीका पदाधिकारीहरू सहित घर आँगनमै उपस्थित भएर नगद १२ हजार एक सय सहयोग गरेको वडा कमिटीका अध्यक्ष हर्कबहादुर बमले बताएका छन्।
आफ्नो वार्षिक उत्सवका अवसरमा नेकपा माओवादी केन्द्रले गरिब तथा विपन्न शहिद परिवारका सदस्यहरूलाई सहयोग गर्ने कार्यक्रम रहेको नगर कमिटीले बताएको छ। आवश्यकता अनुसार क्रमिक रूपमा आगामी दिनमा पार्टीले अरु शहिद परिवारकालाई सहयोग गर्ने कार्यक्रम रहेको नगर कमिटी सचिव दीपकराज भट्टले बताउनुभयो ।सहयोग रकम हस्तान्तरण कार्यक्रममा पूर्व वडा अध्यक्ष शिवराज पनेरु, जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका प्रदेश सदस्य गणेश भट्ट, प्रदेश कमिटी सदस्य ईश्वर सुनार, नगरपाटी सचिव दीपकराज भट्ट लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया