Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०८ गते मङ्गलबार

कैलालीको १५ बिघा सरकारी जङ्गल व्यक्तिको नाउँमा दर्ता गर्ने ८ जना दोषी ठहर भएका छन्। जिल्लाको साविक नारायणपुर–८ कोे १५ बिघा सरकारी जङ्गल व्यक्तिका नाउँमा दर्ता गरेको अभियोगमा आठ जना दोषी ठहर भएका हुन्।

फिल्डबुकमा जङ्गल कायम भएको जग्गा कर्मचारी भूमाफियाको मिलेमतोमा २०६८ सलामा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरिएको थियो। त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको मुुद्दामा सोमवार फैसला गर्दै आठ जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रतिवादी ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो।
विशेषले तत्कालीन मालपोत प्रमुख मोहन बहादुर स्नेही रसाइलीलाई एक वर्ष, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दलाई ९ महिना, सर्वेक्षकहरू अग्नीवहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैद सजाय सुनाएको छ।
मतियारको रूपमा विन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ। रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिनमात्र बसे पुग्ने विशेषको आदेश छ। उनीहरूविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सरकारी सार्वजनिक जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशील बहादुर रावल, विमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पुर्जा कायम गरी हस्तान्तरण गरिएको अख्तियारको छानबिनबाट खुलेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>