भारतबाट अवैध हतियार ल्याएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका-६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको UK 06 AR 0846 नम्बरको कारमा चेकजाँच गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
गएराति करिब ९:४५ बजेको समयमा भएको चेकजाँचमा, कारको चालक भारत उत्तराखण्डको उधमसिंहनगर जिल्लाका ३४ वर्षीय जीवन सिंह जिमेवालको कारको चालक सिट पछाडि लुकेको अवस्थामा पेस्तोल र म्यागेजिन फेला परेको थियो। पेस्तोलमा “Made by ATAK arms ltd for J.G.S cal.9mm P.A.K., ZORAKI MOD.914, 0615-007619” लेखिएको थियो।
कारमा सवार अन्य तीन भारतीय नागरिकहरू ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया