Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १० गते बिहिबार

भारतिय नागरिक हतियार सहित कंचनपुर प्रवेश गरेपछि
साङ्केतिक तस्बिर

भारतबाट अवैध हतियार ल्याएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका-६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको UK 06 AR 0846 नम्बरको कारमा चेकजाँच गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

गएराति करिब ९:४५ बजेको समयमा भएको चेकजाँचमा, कारको चालक भारत उत्तराखण्डको उधमसिंहनगर जिल्लाका ३४ वर्षीय जीवन सिंह जिमेवालको कारको चालक सिट पछाडि लुकेको अवस्थामा पेस्तोल र म्यागेजिन फेला परेको थियो। पेस्तोलमा “Made by ATAK arms ltd for J.G.S cal.9mm P.A.K., ZORAKI MOD.914, 0615-007619” लेखिएको थियो।

कारमा सवार अन्य तीन भारतीय नागरिकहरू ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>