Samriddhipost
२०८१ चैत ३० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०८१ माघ ११ गते बिहिबार

कैलालीकाे एक इटाभट्टा बाट १४ भारतिय बालक र महिलाकाे उद्धार

कैलालीको एक इट्टा भट्टाबाट १४ भारतीयकाे उद्धार गरिएको छ। कैलालीको लम्की–चुहा नगरपालिका–८ को बिएमआइ इट्टा उद्योगबाट १४ जना भारतीयको उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, कैलालीले ८ बालबालिका, चार पुरुष र २ जना महिलाहरूलाई बुधवार उद्धार गरेर प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)को जिम्मा लगाएको हो। इलाका प्रहरी कार्यालय, लम्कीले उद्योगबाट उद्धार गरेका उनीहरूलाई टीकापुर प्रहरीमा बुझाएको थियो। इलाका प्रहरी कार्यालय, टीकापुरले बुधवार साँझ भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो।
कैलालीको लम्की–चुहा नगरपालिका–८ मलभङ्गाको विएमआई ईट्टा उद्योगका सञ्चालक भद्रबहादुर विष्टले १४ जना भारतीय नागरिकलाई घर जान नदिएको भन्दै भारतीय प्रहरीमा उजुरी परेको थियो। भारतीय सुरक्षा निकायले जिल्ला प्रशासन कार्यालय, कैलाली मार्फत आफ्ना नागरिकको उद्धारका लागि आग्रह गरेको थियो। भारतीय सुरक्षा निकायको आग्रहमा कैलाली प्रहरीले उनीहरूलाई भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो। विष्टले भारतीय एक व्यक्ति मार्फत कामदार ल्याएका थिए। तर, उनी ८० हजार रुपैयाँ लिएर फरार भएपछि १४ जना भारतीय नागरिकलाई कामबाट घर जान नदिइएको हो। विष्टले ८० हजार रुपैयाँ असुल भएपछि घर जान दिने भारतीय नागरिकहरूलाई बताउदै आएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>