Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
२०८१ माघ १० गते बिहिबार

कैलालीकाे एक इटाभट्टा बाट १४ भारतिय बालक र महिलाकाे उद्धार

कैलालीको एक इट्टा भट्टाबाट १४ भारतीयकाे उद्धार गरिएको छ। कैलालीको लम्की–चुहा नगरपालिका–८ को बिएमआइ इट्टा उद्योगबाट १४ जना भारतीयको उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, कैलालीले ८ बालबालिका, चार पुरुष र २ जना महिलाहरूलाई बुधवार उद्धार गरेर प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)को जिम्मा लगाएको हो। इलाका प्रहरी कार्यालय, लम्कीले उद्योगबाट उद्धार गरेका उनीहरूलाई टीकापुर प्रहरीमा बुझाएको थियो। इलाका प्रहरी कार्यालय, टीकापुरले बुधवार साँझ भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो।
कैलालीको लम्की–चुहा नगरपालिका–८ मलभङ्गाको विएमआई ईट्टा उद्योगका सञ्चालक भद्रबहादुर विष्टले १४ जना भारतीय नागरिकलाई घर जान नदिएको भन्दै भारतीय प्रहरीमा उजुरी परेको थियो। भारतीय सुरक्षा निकायले जिल्ला प्रशासन कार्यालय, कैलाली मार्फत आफ्ना नागरिकको उद्धारका लागि आग्रह गरेको थियो। भारतीय सुरक्षा निकायको आग्रहमा कैलाली प्रहरीले उनीहरूलाई भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो। विष्टले भारतीय एक व्यक्ति मार्फत कामदार ल्याएका थिए। तर, उनी ८० हजार रुपैयाँ लिएर फरार भएपछि १४ जना भारतीय नागरिकलाई कामबाट घर जान नदिइएको हो। विष्टले ८० हजार रुपैयाँ असुल भएपछि घर जान दिने भारतीय नागरिकहरूलाई बताउदै आएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>