Samriddhipost
२०८१ चैत ३० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १३ गते शनिबार

प्रहरी कार्यालयभित्र गाेली प्रहार गरेका बिष्टकाे मृत्यु

प्रहरी कार्यालय भित्रै आफैलाई गोली प्रहार गर्ने कञ्चनपुरका प्रहरी जवान वकिल बिष्टको मृत्यु भएको छ ।
विष्टले माघ ९ गते बुधबार राती डयुटीमा रहेको बेला आफैलाई गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । विष्ट सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत थिए ।गोली प्रहारबाट गम्भीर घाईते भएका बिष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।
महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले बताउनु भएकाे छ । आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको र के कारणले उनले आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश राज जोशीको भनाइ छ ।
धनगढीको निसर्ग अस्पतालमा उपचार्थ रहेका विष्टको शुक्रबार दिउँसो मृत्यु मृतक विष्टका दाई भानु विष्टले बताएका छन् ।यसअघि महिना दिन पहिला पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले घर फर्किएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>