Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १२ गते शनिबार

राजस्थानको जयपुर शहरबाट चोरी गरी फरार भएको आरोपमा एक व्यक्तिलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का ४० वर्षीय परेखबहादुर शाही रहेका छन्।

शाहीलाई खलंगास्थित एक होटलमा बिहीबार साँझ ८ बजे पक्राउ गरिएको हो। प्रहरीका अनुसार, उनले खलंगा पुल तरेर नेपाल छिरेका थिए। पक्राउको समयमा उनीसँग दुई झोला थिए, जसमा कपडाभित्र लुकाएर ३ लाख २९ हजार भारतीय रुपैयाँ, २७८ ग्राम चाँदीजस्तो र ११० ग्राम सुनजस्तो गहनाहरू फेला परेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार, जयपुरमा करिब डेढ करोड रुपैयाँ बराबरको नगद र गहना चोरी गरेर उनी फरार भएका थिए। घटनामा भारतीय नागरिकहरूको पनि संलग्नता रहेको र उनीहरूलाई पक्राउ गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अर्को व्यक्ति भने फरार रहेको र खोजीकार्य जारी रहेको दार्चुला प्रहरी कार्यालयले जानकारी दिएको छ। चोरीको धनमाल नेपाल ल्याउनकै लागि खलंगाको बाटो प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ।

यस घटनाले भारत-नेपाल सीमा क्षेत्रमा चोरी र अपराध नियन्त्रणका लागि कडाइ गर्नुपर्ने आवश्यकता देखाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>