Samriddhipost
२०८१ चैत ३० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १४ गते आइतबार

नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज बेलडाँडी गाउँ कमिटीको अध्यक्षमा लक्ष्मण सुनार चयन भएका छन् । मुक्ति समाजको अधिवेशनबाट सुनारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।

यस अवसरमा मुक्ति समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का संयोजक कमला बोहरा विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन् ।

कार्यक्रममा अन्य अतिथिहरूको रूपमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर बिक, प्रदेश सदस्य अभिमान थापा, एमाले कञ्चनपुर सचिव पल्लबराज भट्ट, मुक्ति समाजका केन्द्रीय सदस्य र कञ्चनपुर जिल्ला इन्चार्ज तेज बिक, राजेन्द्र आग्री, अक्कल बिष्ट लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।

अधिवेशनले संगठनको सशक्तीकरण र उत्पीडित जातिहरूको हक र अधिकारको संरक्षणका लागि अझ प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको छ । यस अवसरमा अध्यक्ष लक्ष्मण सुनारले समाजको उत्पीडित वर्गका लागि एकजुट भएर काम गर्ने र समृद्धिको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले मुक्ति समाजको उद्देश्य र यसका कार्यहरूलाई समर्थन गर्दै संगठनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

यस प्रकारको अधिवेशनले बेलडाँडीमा उत्पीडित जातिहरूको हक र अधिकारको सशक्त अभियानमा टेवा पुग्ने भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>